1478958692 banner ad format

 
 

पोखरा । बङ्गुरको मासुको प्रवद्र्धनका लागि पोखरामा असारको पहिलो हप्ता तेस्रो पोर्क फेस्टिबल गरिने भएको छ । 

Pork Festival Pokhara

‘पोर्क सेतो स्वस्थ मासु’ भन्ने मूल नाराका साथ पोखराको प्रदर्शनी केन्द्रमा आगामी असार २, ३ र ४ गते फेस्टिबलको आयोजना गर्न लागिएको हो । 

बङ्गुर व्यवसाय प्रवद्र्धन र बङ्गुरबाट बन्ने विभिन्न परिकारका स्वाद लिन पोर्क फेस्टिबलको आयोजना गर्न लागिएको बङ्गुर ब्रिडर कृषक सहकारी संस्था लिमिटेड पोखराका अध्यक्ष तथा पोर्क फेस्टिबलका संयोजक योगबहादुर आचार्यले जानकारी दिए । 

उनका अनुसार महोत्सवमा सेतो पोर्कको बजारीकरण, आहारा, खोर व्यवस्थापन, यान्त्रीकरणका बारेमा व्यावसायीलाई जानकारी गराइने छ । 

तीन दिनसम्म सञ्चालन हुने उक्त महोत्सवमा बङ्गुर उत्पादनका लागि ब्रिडर फार्म, उपकरण, दाना, औषधि, वित्तीय संस्था तथा प्राविधिक परामर्श, बधशाला तथा प्रशोधनसम्बन्धी स्टल समेत राखिने उनले बताए । 

बङ्गुरको मासुबाट बन्ने परिकारका २० वटा रेस्टुराँ रहने सो महोत्सवमा विभिन्न जातजातिका नृत्य तथा झाँकी, लोक तथा दोहोरी गीत र सङ्गीत कार्यक्रमसमेत राखिएको छ । 

प्रकासित मिति

Loading...

 

yummyfood