1478958692 banner ad format

 
 

काठमाडौं। नेपालको चीनसँग सञ्चालनमा रहेको एकमात्र रसुवागढी नाका फेरि बन्द भएको छ । चीनले बाटो मर्मतको कारण देखाउँदै नाका बन्द गरेको रसुवा प्रहरीले जानकारी दिएको छ ।

News Of Nepal Rasuwagadhi chinaborder min

यससँगै चीनसँग हाल संचालनमा रहेको एकमात्र व्यापारिक नाका रसुवागढीमा तीन दिनसम्म सवारी साधन संचालन गर्न नपाइने चिनियाँ पक्षबाट जानकारी आएको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक रन्जन दाहालले जानकारी दिए ।

आइतबारदेखि तीन दिन पूर्ण रुपमा नाका बन्द हुने चिनियाँ अधिकारीले नेपाली सुरक्षा अधिकारीलाई जानकारी गराइसकेको दाहालको भनाइ छ ।

चिनियाँ पक्षले २७ किलोमिटर दूरीको रसुवागढी–केरुङ सडक मर्मत तथा ट्रयाक निर्माणका लागि ब्लाष्टिङको काम शनिबारदेखि थालेपछि यातायात सञ्चालनमा रोक लगाइएको छ । रसुवागढीदेखि चीनको केरूङसम्म चिनियाँ पक्षले शनिबारदेखि सडक सुधार तथा मर्मत कार्य थालेकोले सवारी साधन संचालन प्रभावित भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईले जानकारी दिए ।

रसुवागढी नाका काठमाडौंदेखि एक सय ५२ किलोमिटर दूरीमा छ । नाका संचालन हुँदा दैनिक रुपमा ४०÷५० थान माल वाहक कन्टेनर तथा अन्य यातायातका साधन संचालन हुँदै आएका थिए । –अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रकासित मिति

Loading...

 

yummyfood