1478958692 banner ad format

 
 

दुनै, डोल्पा - डोल्पाको जुफाल विमानस्थलमा सीता एअरको परीक्षण उडान सफल भएको छ । 

Jufal airport

आज बिहान नेपालगञ्जदेखि डोल्पाका लागि भएकोे पहिलो उडान सफल भएको सीता एअर नेपालगञ्जका स्टेसन म्यानेजर राजिव शर्माले जानकारी दिए । 

शर्माका अनुसार उडानसम्बन्धी सम्पूर्ण व्यवस्थापन सम्पन्न भएपछि एकसाताभित्रै नियमित उडान सुरु गर्ने कम्पनीको योजना छ । 

डोल्पाको जुफाल विमानस्थलमा नियमित उडान शुरु भइसकेपछि यात्रुको चापका आधारमा दिनमा तीन वटासम्म उडान भर्ने उहाँले जानकारी दिए । 

तारा, गोमा, नेपाल र मकालु एअरलाइन्सले उडान भर्ने गरे पनि नियमित उडान नहुँदा सयौँ यात्रुले सास्ती भोग्नुपरिरहेको अहिलेको अवस्थामा सीता एअरबाट नियमित उडान सञ्चालन भए सुविस्ता पुग्ने सर्वसाधारणले बताएका छन् । 

प्रकासित मिति

Loading...

 

yummyfood