काठमाडौं । सनराइज बैंकले झापामा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालन गरेको छ ।

sunrise bank

सेवानपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्देश्यका साथ मेचीनगर नगरपालिका–२, मा ३९औँ शाखारहित बैंकिङ्ग सेवाको सुरूवात गरेको हो ।

ज्येष्ठ नागरिक सेवा समितिका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटी र बैंकको प्रादेशिक कार्यालय–१ का सदस्य पूर्णबहादुर थापाले शनिबार शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गर्नुभयो । कार्यक्रममा ठाकुरप्रसाद शिवाकोटी र पूर्णबहादुर थापाले शाखारहित बैंकिङ्ग सेवाका एजेन्ट/प्रतिनिधि दिलबहादुर कार्कीलाई पोइन्ट अफ सेल मेशिन हस्तान्तरण गर्नुभयो ।

हालसम्म बैंकले १ सय २४ शाखा, ३९ शाखारहित बैंकिङ्ग सेवा, ८ एक्सटेन्सन काउण्टर तथा १ सय ४५ वटा एटिएम मार्फत आफ्ना करिब ६ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...