सिन्धुपाल्चोक - कुनै समय व्यापक चर्चा कमाए पनि रोगले सखाप पारेपछि स्याउबाट पहिचान गुमाएको सिन्धुपाल्चोकको हेलम्बुलाई पहिलेकै अवस्थामा फर्काउन पुनः स्याउका बिरुवा लगाइएको छ ।

syau biruwa min

 

हेलम्बु गाउँपालिकाको पहलमा इटालीबाट बिरुवा झिकाई परीक्षणका रुपमा २०० स्याउका बिरुवा रोपिएका गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए ।

गाउँपालिकाले रु चार लाख लगानी गरी गोल्डेन वेलिसेस फुजी र गाला प्रजातिका स्याउका बिरुवा झिकाई ५० प्रतिशत अनुदानमा किसानलाई वितरण गरिएको कृषि प्राविधिक चाहना कार्कीले जानकारी दिए । विसं २०७५ माघमा झिकाएर रोपिएका स्याउ फल्नसमेत थालिसकेका छन् ।

बोट रोप्दा ठुला रोपिएकाले चाँडै स्याउ फल्न थालेका बताइएको छ । तर बिरुवालाई स्वस्थ राख्न पहिलो वर्षको फल सबै टिपेर फालेको र आगामी वर्षदेखि मात्र खान उपयुक्त हुने प्राविधिक कार्कीले बताए । झिकाइएका बिरुवा वडा नं १ हेलम्बु, वडा नं २ नं किउल र वडा नं ५ महाङ्कालमा लगाइएको छ ।

परीक्षणका रुपमा लगाइएका सबै बिरुवा हालसम्म स्वस्थ रहेका र राम्रो उत्पादन दिएमा अरू विस्तार गरिने कार्यक्रम रहेको छ । नेपालमा स्याउको उत्पादन नभएको समय २०३० को दशकमा गोल्डेन एप्पलले हेलम्बुले चर्चा कमाएको थियो ।

त्यहाँका अधिकांश किसान भारतमा रोजगारीका लागि जाने र फर्कने समयमा काश्मिरबाट स्याउका बिरुवा ल्याएर रोपेका थिए । तत्कालीन समयमा यातायातको सुविधा नहँुदा पनि उत्पादित स्याउ ज्यामीद्वारा ढुवानी गरी राजधानी पुग्ने गरेका थिए । तर रोपेको केही वर्षपछि झ्याउ जस्तो लहराले क्रमशः बोट सुक्न थालेपछि नियन्त्रण हुनै नसकी २०४० सालमा आइपुग्दा स्याउको बोट सुकेका बताइन्छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...