Hidden
निगमले तेस्रो मुलुकबाट पनि इन्धन आयात गर्न पाउने
नेपाल आयल निगमले अब तेस्रो मुलुकबाट पनि इन्धन आयात गर्न पाउने भएको छ। भारतबाट मात्रै इन्धन आयात गर्दै आएको निगमलाई तेस्रो मुलुकबाट समेत इन्धन ल्याउन इन्डियन आयल कर्पोरेशन (आईओसी)ले सहमति दिएको छ। यो खबर हामीले आजको कारोबार दैनिकबाट लिएका हौ।
सहमतिअनुसार आइओसीले भनेजति परिमाणमा तेल उपलब्ध गराउन नसकेको अवस्थामा तेस्रो मुलुकबाट पनि इन्धन ल्याउन सक्ने व्यवस्था गरिएको हो।
इन्धन खरिद सम्झौता नविकरण गर्ने विषयमा एनओसी र आईओसीका उच्च अधिकारीबीच हालै भएको छलफलपछि नेपालले यो अधिकार पाएको छ ।
यसअघिको सम्झौतामा नेपालले आईओसीसँग मात्र पेट्रोलियम पदार्थ खरिद गर्नुपर्ने बाध्यकारी व्यवस्था थियो ।
प्रकासित मिति
Loading...
Loading...
Loading...