1478958692 banner ad format

 
 

काठमाडौं । टिकट बुकिङ खुलेको एक हप्ता पुग्दा नयाँ बसपार्कबाट ४६ हजार ४६५ यात्रीले अग्रिम टिकट बुकिङ गराएका छन् ।

ticket booking

दसैंका लागि गत भदौ २७ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको थियो ।

भदौ २७ गते ११ हजार ८१७, २८ गते सात हजार ३३६, २९ गते ६ हजार ७७४, ३० गते सात हजार ५९६, ३१ गते चार हजार ८९८, असोज १ गते चार हजार ६३० तथा असोज २ गते तीन हजार ४१४ जनाले अग्रिम टिकट बुकिङ गराएका हुन् ।

देशका विभिन्न भागमा जान नयाँ बसपार्क, गौशाला, सुन्धारा, पुरानो बसपार्क, कोटेश्वर, बल्खुलगायतका स्थानमा अग्रिम बुकिङ खुला गरिएको छ । सबैभन्दा धेरै यात्री नयाँ बसपार्कबाट बाहिरिने गरेका छन् ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला दसैंका लागि ७० प्रतिशत टिकट बुकिङ भएकोे बताउँछन् ।

‘सडकको दुरावस्था र वर्षाका कारण केही यात्रीले अझैपनि टिकट काटेका छैनन्’–उनले भने । गत वर्षको तुलनामा यस वर्ष कम टिकट बुकिङ भएको छ ।

बाटोको दुरावस्था र वर्षाका कारण दसैं आउनुभन्दा १५ दिनपहिला नै हवाईजहाजको टिकट बुकिङ भइसकेको छ ।

विभागकाअनुसार यस वर्ष २० देखि २१ लाखसम्म यात्री दसैं मान्न काठमाडौं उपत्यकाबाट बाहिरिने सम्भावना छ ।

विभागका प्रवक्ता डा. टोकराज पाण्डे १५ देखि १६ लाख यात्री सार्वजनिक यातायातका साधन र पाँचदेखि ६ लाख यात्री निजी यातायातका साधनमा बाहिरिने बताउँछन् । ‘टिकट वितरणमा कुनै समस्या छैन’–उले भने । 

प्रकासित मिति

Loading...

 

yummyfood