Hidden
एक बर्षमा थपिए डेड लाख सवारीसाधन, किन नहोस् ट्राफिक जाम !
काठमाडौं । आर्थिक बर्ष ०७४/०७५मा मात्र बागमती अञ्चलमा एक लाख २९ हजार सवारी साधन थपिएको तथ्यांकले देखाएको छ ।
यातायात व्यवस्था विभागका अनुसार बागमती अञ्चलमा एक लाख २९ हजार ५ सय ५७ सानाठूला सवारीसाधन भित्रीएका हुन् ।
काठमाडौं उपत्यकामा बर्षेनि अत्याधिक मात्रामा सवारीसाधन भित्र्याउने क्रम चलिरहेको छ भने व्यापक रूपमा ट्राफिकको समस्या बढ्न थालेको छ ।
बागमती अञ्चलमा गत आवमा एक लाख ४ हजार ४ सय ४४ मोटरसाइकल र साना-ठूला सवारी २५ हजार १ सय १३ थपिएको तथ्यांकमा छ ।
आव २०७३/७४ मा बागमती अञ्चलमा एक लाख २० हजार सवारी साधन दर्ता भएका छन् । अघिल्लो बर्ष भने ७२ हजार सात सय ३३ सवारी साधन दर्ता भएका थिए ।
प्रकासित मिति
Loading...
Loading...
Loading...