1478958692 banner ad format

 
 

सप्तरी । गत वर्षको तुलनामा यसवर्ष जिल्लामा गहुँ उत्पादनमा अत्यधिक वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । 

wheat production min

यसवर्ष २५ हजार हेक्टर जमिनमा गहँुबाली लगाइएकामा ५० हजार मेट्रिक टन गहँु उत्पादन भएको अनुमान गरिएको छ । 
जिल्लामा कुल ७० हजार हेक्टर जमिनमा गहुँ उत्पादन हुने गरेकामा यसवर्ष २५ हजार हेक्टरमा मात्र गहँु उत्पादन भएको सो कार्यालयको तथ्याङ्मा उल्लेख छ । 

गतवर्ष प्रति हेक्टर गहुँ उत्पादन १.८ मेट्रिक टन रहेकोमा यसवर्ष मौसम अनुकूल भएकाले प्रतिहेक्टर दुई मेक्ट्रिक टन गहुँ उत्पादन भएको बताइएको छ । गतवर्ष २५ हजार हेक्टर जमिनमा ४५ हजार मेट्रिक टन गहुँ उत्पादन भएको कार्यालय प्रमुख भगिरथ यादवले बताए ।

प्रकासित मिति

Loading...

 

yummyfood