काठमाडौँ ।  विश्व बैंकले नेपालको सार्वजनिक क्षेत्रको वित्तीय संघीयता व्यवस्थापनका लागि झण्डै ११ अर्ब अनुदान सहायता उपलब्ध गराउने भएको छ । 

World Bank nepal

बैंकले नेपालको वित्तीय संघीयता कार्यान्वयन थप सुदृढ गराउन झण्डै ११  अर्ब (१ सय मिलियन डलर)सहुलियतपूर्ण ऋण प्रदान गर्ने भएको हो ।

शुक्रबार एक कार्यक्रमबीच विश्व बैंक समूहले नेपाललाई करिब ११ अर्ब रुपैयाँ बराबरको सहलियतपूर्ण ऋण प्रदान गर्ने सम्झौता गरेको हो ।

उक्त सम्झौतापत्रमा राजस्व सचिव लालशंकर घिमिरे र विश्व बैंकका देशिय व्यवस्थापक फारिस एच हाडाड–जेर्भोसले हस्ताक्ष गरेका हुन् । 
ऋण सहयोग स्वीकार गर्दै राजस्ज सचिव घिमिरेले समन्वयन र क्षमता नेपालको तीन खम्बे अर्थनीतिको एउटा जग भएको बताउँदै उनले सहयोगको जवाफदेशी बन्न सरकार आफ्नो उत्तरदायित्वअनुसार विकास निर्माणमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै विश्व बैंकका नेपाल प्रतिनिधि फारिसले नेपालको वित्तिय संघीयताको उचित व्यवस्थापनका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर