1478958692 banner ad format

 
 

काठमाडौँ । पहिलोपटक एटिआर ७२–५०० विमान भित्र्याएको यति एयरलाइन्सले व्यावसायिक उडान शुरु गरेको छ । 

Yeti Airlines

विमानले शुक्रबार पहिलो उडान भैरहवा भरेको थियो भने व्यावसायिक उडान नेपालगञ्जबाट शुरु गरेको कम्पनीले जनाएको छ । 

निजी वायुसेवा कम्पनी यतिले कल साइन नाइन–एएमएन ७२ सिटे विमान कम्पनीले रु एक अर्बको लगानीमा गत साउन ७ गते काठमाडौँ ल्याएको थियो । 

फ्रान्सको विमान निर्माता कम्पनी एटिआरमा निर्मित उक्त विमान सिंगापुरको कम्पनी नर्डिक एभिएसन क्यापिटलसँग खरिद गरिएको थियो । यो विमानले विराटनगर, भैरहवा, नेपालगञ्ज र भद्रपुर उडान भर्ने जनाइएको छ । 

यतिसँग एटिआरसहित सातवटा विमान छन् । यतिले बेलायतमा निर्मित ३० सिट क्षमताको जेटस्ट्रिम–४१ सिरिजका छ थान जहाज सञ्चालन गरिरहेको छ । 

यतिले यसवर्षभित्र थप दुई एटिआर विमान ल्याउँदैछ । अहिले खरिद गरेको कम्पनीबाटै थप दुई विमान ल्याउने तयारी छ । 

त्रिभुवन विमानस्थलबाट आन्तरिक उडानतर्फ हेलिकप्टरसहित २० वटा वायु सेवा कम्पनीले उडान भर्दै आएका छन् । 

प्रकासित मिति

Loading...

 

yummyfood