tealaya add

धनगढी । धनगढीमा निर्माणका क्रममा रहेको बसपार्क सम्पन्न नहुँदै भत्किन सुरु भएको छ । बसपार्कको ठाउँठाउँमा खाल्डा परेका छन् भने कोलोपत्रे गरिएको भागमा पानीको तलाउ हुने गरेको छ।

निर्माण पक्षले बसपार्कको उत्तरतिरको सडकबाहेक निर्माण सम्पन्न भइसकेको दावी गरे पनि भित्रि भागमा पानी भरिने तथा ठाउँठाउँमा खाल्डा परेका छन्। बसपार्कको रंगरोगन बाँकी नै छ । राजेन्द्र-रुद्रावती जेभीले ठेक्का पाएको बसपार्कमा गुणस्तरहीन काम भएको स्थानीयले आरोप लगाएका छन्। यातायात व्यवसायीले बसपार्कबाट बस नहटाउँदा निर्माण कार्यमा ढिलाई भएको निर्माण पक्ष आरोप लगाउँदै आएको थियो।

दुई हप्तादेखि वर्षा रोकिए पनि निर्माण पक्षले बसपार्कको उत्तर तिरको भाग वर्षाका कारण निर्माण हुन नसकेको जनाएको छ । सुदूरपश्चिमका ९ जिल्लासहित नेपालको संघीय राजधानी र देशका कुना कन्दरामा जाने बस पार्किङका लागि लामो समय समस्या झेल्दै आएका बस व्यवसायी सम्पन्न नभएकै बसपार्कमा फेरि पार्किङ सुरु गरिसकेको छन।

सहरी विकास तथा भवन डिभिजन कार्यालय धनगढीको १ करोड ३४ लाख ९२ मा बसपार्क कालोपत्रे हुन लागेको हो।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर