annapurna add

sadak kalo

छरिएका कालोपत्रजन्य सामग्री, भत्किएका नाली र सडक कुना अनि छरपस्ट गिट्टी–बालुवाले ढाकेको सडक । यहाँ पुग्ने जोकोहीलाई लाग्न सक्छ, निर्माणको काम हुँदै छ तर नझुक्किनुस् यो कालोपत्र सम्पन्न भइसकेको ठाउँ हो ।

बलेफी गाउँपालिका–७ को खाडीचौरबाट चिम्लिङ जोड्ने (८ किलोमिटर) सडक खण्डमा कालोपत्र गरिएको महिना दिन नपुग्दै भत्किएको छ । बलेफी गाउँपालिकास्तरीय कालोपत्र योजनाअन्तर्गत १ करोड ३० लाख बजेटमा कालोपत्रको जिम्मा त्रिवेणी कन्स्ट्रक्सन कम्पनीले पाएको थियो । महिना दिन नपुग्दै सडकको कालोपत्र र नाली भत्किएको देखेपछि आक्रोशित स्थानीयले सामाजिक सञ्जालबाट व्यापक विरोध जनाए र जनप्रतिनिधिलाई खबर पनि गरे ।

केही नभएपछि आक्रोशित बनेका स्थानीयले सञ्चारकर्मीलाई खबर गरेको स्थानीय अगुवा रामचन्द्र थापाले जानकारी दिए । ‘यहाँ कालोपत्रअगावै कमसल काम भएको भनेर आवाज उठाएका हौं, त्यतिखेर बेवास्ता गरियो, अहिले यो अवस्था छ,’ उनले भने । सडकको कालोपत्र गर्नुअघि नै कमसल सामग्री प्रयोग गरेर गुणस्तरहीन काम गरेको व्यापक जनगुनासो आएपछि महिनाअघि बलेफी–७ का अध्यक्ष कार्केल लामाले निर्माणाधीन नाली भत्काए । नाली भत्काएको केही समय काम रोकिए पनि पुनः पछि त्यही कम्पनीले कालोपत्रको काम सम्पन्न गरेको थियो । यसअघि र पछि अनुगमनमा पुगेका एक प्राविधिकका अनुसार सिमेन्ट, प्राविधिक डिजाइन र कमसल सामग्रीकै प्रयोगकै कारण कालोपत्र यस्तो भएको हो ।

बलेफी गापा–७ स्थित खाडीचौर–चिम्लिङ ८ किमि (१ करोड ३० लाख बराबरको) सडकको कालोपत्रको जिम्मा लिएको त्रिवेणी कन्स्ट्रक्सन प्राइभेट लिमिटेड कम्पनीका ठेकेदार प्रताप लामासँग यसबारे बुझ्न खोज्दा उनले उल्टै पत्रकारहरूले कालोपत्र र नाली भत्काएर फालेको आरोप लगाए । कान्तिपुरबाट !

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...