tealaya add

नवलपरासी। जिल्ला कृषि विकास कार्यालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लाको अमरौटमा मत्स्यपालन किसानलाई कृषि यन्त्र उपलब्ध गराएको छ । 


Agricultural modernization project
किसानलाई मत्स्यपालन गर्न पोखरी निर्माणका लागि एक्साभेटर तथा माछा बिक्री गर्नका लागि पिकअप भ्यान हस्तान्तरण गरेको जिल्ला कृषि विकास कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत तेजनारायण गैरेले बताए । 

सरकारले ८५ प्रतिशत अनुदान तथा किसानले १५ प्रतिशत बेहोर्ने गरी एक्साभेटर र पिकअप भ्यान खरिद गरी समुदायलाई हस्तान्तरण गरिएको हो । यस वर्ष अमरौटमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागु गरिएको छ । माछाको ब्लकका लागि यस वर्ष ४० हेक्टर क्षेत्रफलमा माछा पोखरी निर्माण गरिने मत्स्य विकास अधिकृत रिमबहादुर थापाले बताए । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लामा माछा र धानको पकेट क्षेत्रका लागि रु छ करोड ५२ लाख बजेट विनियोजन गरिएको छ । 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...