1478958692 banner ad format

 
 

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण, एरोड्रम इन्जिनीयरिङ विभागले अर्घाभगवती विमानस्थल निर्माणस्थलमा रहेका रुखहरु हटाउने कार्यका लागि भुसाल कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, सन्धिखर्क, अर्घाखाँचीलाई सम्झौता गर्न बोलाएको छ । 

Airport construction site


विमानस्थल आयोजना प्रमुख इ चाँदमाला श्रेष्ठले आइतबार प्रालिलाई पत्राचार गरी १५ दिनभित्र स्वघोषणापत्र र कार्यतालिकासमेत तयार गरी सम्झौताका लागि आधिकारिक व्यक्तिलाई उपस्थित गराउन आग्रह गर्नुभएको छ । 


अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा त्यहाँको पुरानो भगवतीको मन्दिरको नामबाट बन्ने सो विमानस्थलको शिलान्यास तत्कालीन उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले गत साल असार १३ गते गर्नुभएको थियो । कुल लागत करिब रु ८० करोडको सो बहुवर्षीय आयोजना चार वर्षभित्र बन्ने बताइएको छ । 


त्रिभुवन विमानस्थलबाट करिब ३५ मिनेटमा अर्घाभगवती विमानस्थलमा पुग्न सकिनेछ । विमानस्थल बनेपछि गौतमबुद्ध जन्मस्थल लुम्बिनी र आसपासको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ । नेता रायमाझीले सोही विमानस्थलको निर्माण छिट्टै सम्पन्न गर्ने प्रतिबद्धता चुनावी अभियानका क्रममा व्यक्त गर्दै आएका छन् । 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Nepse with double digit

    नेप्से दोहोरो अंकले सुधारियो

    मंगलबार पुनः पूँजी बजारमा दाहोरो अंकको सुधार आयोे । आइतबार उच्च दरले उकालो लागेको बजार सोमबार ऋणात्मक रही यस दिन पुनः सुधारिएक ...

  • Kantipathnews Banpanpa business share

    बनेपामा सेयर कारोबार बढ्दै

    सेयर खरिद तथा बिक्रीका लागि काठमाडौँ धाउने लगानीकर्ता आजकल घर नजिकैबाट सेयर कारोबार गर्न थालेका छन् । बनेपामा विभिन्न सेयर ब्रोक ...

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

yummyfood