Anandukti Vihar

काठमाडौँ महानगरपालिका–१५ स्थित आनन्दकुटी विहारको पुनःनिर्माण रु २० करोडको लागतमा सम्पन्न भएको छ । विसं २०७२ को भूकम्पले केही भाग भत्किएको उक्त विहार सरकारको प्राविधिक सहयोगका साथै श्रीलङ्का सरकारको रु २० करोडको लागतमा सम्पन्न भएको हो ।

करीब ती वर्षको समयअवधिमा निर्माण गरिएको विहारमा भिक्षु आवासगृह, सभाहल, भिक्षु वर्गका विभिन्न धार्मिक गतिविधि गर्ने कक्ष, भोजन हल गरी ३० कक्ष छन् । सन् २०४३ मा निर्माण गरिएको उक्त विहारमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहका धार्मिक सम्मेलन हुँदै आएको विहार प्रमुख भिक्षु धर्ममूर्तिले जानकारी दिए ।

थेरवादी परम्पराका बौद्ध शिक्षा प्रवद्र्धन तथा अभ्यास गर्ने उक्त विहारमा भूकम्पपछि समस्या भएको थियो । विहार परिसरमा निर्माण गरिएको श्रीलङ्का राम चैत्यको गजुर राख्ने कार्य भने बाँकी छ । उक्त चैत्यमा शाक्यमुनि बुद्धको अस्थि धातु राखिएको छ ।

अस्थि धातु भनेको बुद्धको अन्त्येष्टिका क्रममा रहेका अवशेषलाई सङ्ग्रह गरिएको धार्मिक वस्तु हो । उक्त धातु श्रीलङ्काबाट उपहारस्वरुप प्राप्त भएको हो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर