1478958692 banner ad format

 
 

बैतडी। हावाहुरीले १९ विद्यालय भवनका छाना उडाउँदा रु ३६ लाख बराबरको क्षति भएको छ । 

BAITADI windstorm school roofs toppling

जिल्ला शिक्षा कार्यालयमा प्राप्त पछिल्लो तथ्याङ्कानुसार केही दिनअघिदेखि साँझपख वर्षासँगै आइरहेको हावाहुरीले ती विद्यालयका छाना उडाउँदा पठनपाठन समेत प्रभावित बनेको छ । 

जिल्ला शिक्षा अधिकारी लालसिंह टेरका अनुसार जिल्लाको मेलौली नगरपालिकामा रहेको सुदर्शन मावि लिखोडा र पुर्चौडीमा रहेको महादेव मावि भटनामा हावाहुरीले सबैभन्दा बढी क्षति गरेको छ । सुदर्शन माविमा रु पाँच लाख ५० हजार र महादेव माविमा रु तीन लाख ५० हजार बराबरको क्षति भएको बताइएको छ । 

यस्तै कफलाशैनी मावि पुजारी गाउँ, पुजारीखेत आधारभूत विद्यालय, केदार प्रावि मौरल्ला विजयपुर, गणेश मावि लेकम बस्ती सिगास र शिव निमावि गड्तौलाको छाना उडाएको छ । कालिका मावि सिद्धपुर, भुवनेश्वर मावि ठाँड बगाडी, निमावि पच्कोरा, नेपाल राष्ट्रिय निमावि गुरुखोला र देउमडा प्रावि गुरुखोलालगायत विद्यालयको पनि छाना उडाएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । 

विद्यालयको छाना नभएपछि पानी परेका बेला विद्यालय बन्द गर्नु परिरहेको विद्यालयले जनाएका छन् । क्षति पुगेका विद्यालयको विवरण शिक्षा विभागमा पठाइसकिएको छ । तत्काल विद्यार्थी बस्नै नमिल्ने विद्यालयका लागि जिल्ला दैवीप्रकोप उद्धार समितिले त्रिपालको व्यवस्था गर्ने जिल्ला शिक्षा अधिकारी टेरले बताए । बैतडीका अन्य विद्यालयमा पनि हावाहुरीले गरेको क्षतिको विवरण सङ्कलन भइरहेको जनाइएको छ ।

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Nepse with double digit

    नेप्से दोहोरो अंकले सुधारियो

    मंगलबार पुनः पूँजी बजारमा दाहोरो अंकको सुधार आयोे । आइतबार उच्च दरले उकालो लागेको बजार सोमबार ऋणात्मक रही यस दिन पुनः सुधारिएक ...

  • Kantipathnews Banpanpa business share

    बनेपामा सेयर कारोबार बढ्दै

    सेयर खरिद तथा बिक्रीका लागि काठमाडौँ धाउने लगानीकर्ता आजकल घर नजिकैबाट सेयर कारोबार गर्न थालेका छन् । बनेपामा विभिन्न सेयर ब्रोक ...

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

yummyfood