bajhang12345 kantiath

गणेश विक काठमाडौं । सुदूरपश्चिम प्रदेशको विकट हिमाली जिल्ला बझाङका सेती पारी सडक जोड्ने पक्की पुलहरु अलपत्र अवस्थामा रहेका छन । टेण्डर भएको ५ वर्ष बितिसक्दा पनि सेतीनदीमा निर्माणाधिन पक्की पुलहरु अलपत्र परेका छन् । 

ठेकदारको लापरवाहिका कारण तल्कोट गाउँपालिकामा देवसैन पुल,जयपृथ्वी नगरपालिकामा पानकोट पुल,खप्तड छान्ना गाउँपालिका जोड्ने तमेल पुल, थलारा गाउँपालिका जोडने झनाना पुल लगायत जिल्लामा विभिन्न ठाउँमा निर्माण हुन थालेका पक्की पुलहरु समयमा नै सम्पन्न हुन सकेका छैनन । २०७३ साल असार महिनामा निर्माण सम्पन्न हुने गरे ठेक्का सम्झौता भएको सेती नदीको पानकोटमा पर्ने पक्की पुल ५ वर्ष सम्म पनि निर्माण हुन सकेको छैन । सेती पारी रहेको जिल्लाको करिब आधा भुभागलाई सडक संञ्जालमा जोड्ने यो पुल निर्माण हुन नसक्दा वर्षाै अघि निर्माण सम्पन्न भएका सडकहरु पनि बेकामे भएका छन् ।

सेती नदी पारी रहेका जिल्लाका साविकका २१ गाविस (हाल ६ वटा स्थानिय तह) लाई सडक संजाल संग जोड्ने यो पुलको ठेक्का २०७२ साल बैसाखमा भएको थियो । तत्कालिन जिल्ला विकास समितिको ६ करोड ७८ लाखको लागतमा ठेकेदार कम्पनी निलगिरी निमार्ण सेवा र जागृती निमार्ण सेवाले संयुक्तरुपमा पुल निमार्णको जिम्मेवारी पाएका थिए ।

समयमा नै पक्की पुलहरु निर्माण नभएकाले स्थानिय तहहरुले बर्षेनि झण्डै १ करोड भन्दा वढी रुपियाँ काठेपुल निर्माणमा खर्च गर्ने गरेका छन ।

समयमा नै निर्माण गरीसक्नु पर्ने सेती नदीका पक्की पुलहरु ठेकदारहरुको लापरवाहीले निर्माण कार्य सम्पन्न गरीसक्नु पर्ने समय नाघिसक्दा समेत राज्यको करोडौ रकम पेश्की लिएर निर्माण कार्य अलपत्र पारेको मष्टा गाउँपालिकाका समाजसेवी रामचन्द्र रोकायाले बताए । निर्माण कार्य अलपत्र पार्ने ठेकदारलाई राज्यले कारबार्हिको दायरामा नल्याउदा समयमा नै विकास निर्माण कार्यहरु सम्पन्न नभएको उनको भनाइ छ ।

तमैल पुल 

तमैलमा निर्माणाधिन पुल तीन वर्षभित्र सम्पन्न गर्ने शर्तमा केएच कन्ट्क्सन प्रालिले ठेक्का प्राप्त गरेको थियो । ठेक्काको अवधी यही ०७५ साल पुस मसान्तमा सम्पन्न हुने भनेता पनि अहिले सम्म निर्माण हुन सकेकाे छैन्। ११ करोड २५ लाख रुपैयाँको लागतमा निर्माण हुने यस पुलको काम हालसम्म पनि सुरु हुन सकेको छैन । यो पुल निर्माण सम्पन्न भएमा जिल्ला सदरमुकाममा पर्ने जयपृथ्वी नगरपालिका र खप्तड छान्ना गाउँपालिका जोडिने भएपछि सेतीपारिका बासिन्दामा निकै खुसी छाएको थियो । हाल आएर करोडौंका लागतमा निर्माण हुने भनिएको तमैल पुलको निर्माण कार्य अलपत्र परेको हो ।

तल्कोट पुल

तल्कोट गाउँपालिकाको देवसैन भन्ने स्थानमा सेती नदीमा निर्माण हुनु पर्ने मोटरपुलको ठेक्का २०६८ सालमा स्वीकृत भएको थियो । याक्थुहाङ निमार्ण सेवा प्रालिले निर्माणको जिम्मा लिएको सो पुलको कुनै पनि काम हालसम्म सुरु हुन सकेको छैन ।

यद्यपी कम्पनीले प्रत्येक वर्ष ठेक्का भने नवीकरण गरिरहेको छ । यस विषयमा सरोकारवाला निकायले चासो नदिएको स्थानीयबासिन्दाको आरोप छ । झनानामा निर्माण गर्न लागिएका पक्की पुलको काम समेत अलपत्र अवस्थामा छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...