Playground bj kantipath

बझाङ । जिल्लाको जयपृथ्वी नगरपालिका ११ भोपुरको श्री सत्यवादी उच्च माध्यामिक विद्यालयमा निर्माण हुन थालेको क्षेत्रीय खेलमैदानको पर्खाल भत्किएको छ ।

सामाजिक विकास मन्त्रालयबाट विनियोजित २० लाख लागतमा निर्माण हुन थालेको उक्त निर्वाचन क्षेत्रीय खेलमैदानको पर्खाल निर्माण कार्य नसकिदै भत्किएको हो ।

उक्त खेलमैदान जयपृथ्वी नगरपालिका ११ का वडा अध्यक्ष केश बहादुर रोकाया, स्थानिय पार्वती जोशी, दिपक राम जोशी र रेडक्रसका मन्त्री इश्वरनाथ जोशी गरी ४ जनाको निर्माण समिति गठन गरी निर्माणको जिम्मा दिइएको थियो ।

निर्माण हुन थालेको खेलमैदानको पर्खाल भत्किएपछि सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी आएका छन । जयपृथ्वी नगरपालिका भोपूरका स्थानियबासी तथा प्राविधिक हरिशंकर जोशीले निर्माण कार्य नसकिदै पर्खाल भत्किएको बारे सामाजिक संञ्जालमा “खेलमैदानको पर्खाल कसको कमजोरी कारण भत्केको हो आवश्यक छानविन गरी दोषिलाई कडा कारबार्हिको माग गरेका छन” ।

खेलमैदान निर्माण समितिका सदस्य दिपकराम जोशीले भने निर्माण समितिले पनि स्थानिय दिनेश रोकायालाई निर्माणको जिम्मा दिएका थियौ, भत्किएको पर्खाल पुनः निर्माण गरेपछि मात्र रकम भुक्तानी दिइनेछ ।

सामाजिक मन्त्रालयबाट जिल्लाका २ वटा निर्वाचन क्षेत्रमा एक –एक वटा खेल मैदानका लागि रकम विनियोजन भएको थियो । जसमा क्षेत्र नम्बर १ को जयपृथ्वी नगरपालिका ११ को भोपुरमा र क्षेत्र नम्बर २ को बित्थड चिर गाउँपालिकामा खेलमैदान निर्माण कार्य अघि बढेको थियो ।

४ जनाको खेलमैदान निर्माण समिति गठन गरी निर्माण कार्य अघि बढाएका थियौ सत्यवादी उच्च माध्यामिक विद्यालयका प्राचार्य रामदत्त जोशीले भने पर्खाल निर्माण गर्ने क्रममा पर्खाल भत्किएको हुँदा निर्माण समितिले भत्किएको पर्खाल पुनः निर्माण गरे पश्चात मात्र रकम भुक्तानी दिइने बताए ।

तस्बिरमा : जिल्लाको जयपृथ्वी नगरपालिका ११ भोपुरमा अवस्थित श्री सत्यवादी उच्च माध्यामिक विद्यालयमा निर्माण भइरहेको खेलमैदानको पर्खाल भत्किएको । तस्बीर : ANITA KC

Playground bajhang katipath

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...