tealaya add

जिल्लाको बूढीगङ्गा नगरपालिका–४ कोटमा रहेको बार्जुकोट दरबार भग्नावशेषका रुपमा रहेको छ । दश वर्षे जनयुद्ध शुरु भएको समयमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का कार्यकर्ताले दरबार आगजनी गरेको १८ वर्ष वितिसक्दा पनि पुनःनिर्माण हुन नसकेको दरबार हकवाला राजेन्द्रबहादुर शाह बताउछन् ।

Barjukot darbar

विसं २०५७ भदौ २२ गते माओवादीका कार्यकर्ता आएर आगजनी गरेको लामो समय बित्दा पनि पुनःनिर्माण हुन नसकेको शाहको भनाइ छ । ऐतिहासिक दरबारको भग्नावशेष मात्र रहेकाले आन्तरिक रुपमा हेर्न जाने पर्यटक समेत निराश भएर फर्किने अवस्था छ । पर्यटकीय रुपमा स्थापित गर्नका लागि नगरपालिकाले सङ्ग्रहालय निर्माण कार्य गर्न जरुरी रहेको स्थानीयवासीको भनाइ छ ।

बार्जुकोट दरबारलाई पुनःनिर्माण गरी पर्यटकीय रुपमा प्रचारप्रसार गरे दरबारको संरक्षण र प्रवद्र्धन हुने स्थानीय अगुवा मोहन नेपालीले बताए । दरबारमा बाइसे चौबिसे राज्य हँुदा उक्त दरबारका राजाले सो क्षेत्रको जनतामा शासन चलाउँदै आएको बताइएको छ । जिल्लाका प्रख्यात दरबार द्वन्द्वकालमा जलाइएको १८ वर्ष बित्दा पनि पुनः निर्माण नहुँदा यसको प्रचारप्रसार हुन नसकेको अगुवा नेपालीको भनाइ छ ।

बाइसे चौबिसे राज्य चलाउँदै आएका जुगाडी राजा, कुडिकोट राजा र बार्जुकोटे राजाको शासनका चल्ने गरेको बूढीगङ्गा नगरपालिका–३ का ७५ वर्षीय बुद्धनरबहादुर रौलेले बताए । राज्य सञ्चालनका बेला बार्जुकोटमा आउने जानेको लर्काे लाग्ने भए पनि अहिले दरबारसमेत नरहँदा दुःख लागेको रौलेको भनाइ छ । उनले स्थानीय तहको निर्वाचनपछि नगरपालिकाले नै यसको संरक्षण संवद्र्धन तथा प्रवद्र्धन गर्नुपर्ने बताए ।

बूढीगङ्गा नगरपालिकाका नगर प्रमुख दीपकविक्रम शाहले बार्जुकोट दरबारको संरक्षण र प्रवद्र्धन गर्दै पर्यटकीय क्षेत्रमा स्थापित गर्न थालेको बताए । नगरपालिका क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण संवद्र्धन तथा प्रवद्र्धन गर्दै उनीहरुलाई पर्यटकीय रुपमा लैजाने गरी योजना बनाउन थालेको नगर प्रमुख शाहले जानकारी दिए।

बार्जुकोट दरबार मात्र नभइ यो नगरपालिकाको १ देखि ९ वटै वडामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको पहिचान गर्दै संरक्षण र संवद्र्धन गर्दै लैजाने नगर प्रमुख शाहको भनाइ छ । बार्जुकोट दरबारमा संग्रहालय बनाउन प्रदेश र सङ्घ सरकारसँग समन्वय गरी आवश्यक बजेटका लागि पहल गर्ने शाहले वाचा दिए ।

कुँडीकोट संरक्षणको अभाव बूढीगङ्गा नगरपालिका–१ मा रहेको कुँडीको दरबार जीर्ण बन्दै गएको छ । बार्जकोट दरबारले उक्त क्षेत्रमा राज्य सञ्चालन गर्न बनाएको दरबार अहिले संरक्षणको अभावका कारण जीर्ण बन्दै गएको स्थानीयवासीले बताएका छन् ।

दरबारका मुख्य हकदार राजेशकुमार सिंह सोही नगरपालिका–१ का वडा अध्यक्षसमेत रहेका छन् । उनका बुबाले राज्य सञ्चालन गरेको भए पनि उहाँले नै दरबार छोडेर गाउँ बस्न थालेपछि जीर्ण बन्दै गएको बताइएको छ । हरेक वर्ष दरबारमा दशमीको दिन राँगा बोका काट्ने र रातभरी मेला लाग्ने भए पनि दरबारको भने संरक्षण नहुँदा जीर्ण बन्दै गएको हो ।

रातभरी लाग्ने मेलामा खप्तड खेडेदह, त्रिवेणीलगायतका क्षेत्रका स्थानीयवासी जात्रा हेर्न आउने गर्छन् । दरबारको अवलोकन गर्न र अवस्था बुझ्नका लागि उक्त क्षेत्रमा लाग्ने जात्रा हेर्नको घुइँचो लाग्ने गर्छ । हरेक वर्ष मेला पर्व मनाउने गरेको भए पनि दरबार भने संरक्षणको अभावमा रहेको स्थानीय समाजसेवी गोकुलबहादुर सिंहले बताए ।(रासस)

प्रकासित मिति

 
 
Loading...
Loading...
Loading...

ताजा खबर