1478958692 banner ad format

 
 

बाबियाचौर (म्याग्दी) । बेनी–जोमसोम सडकअन्तर्गत पर्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ स्थित बेगखोलामा अस्थायी मोटरेबल पुल निर्माण भएको छ । 

Begakholama temporary motorable bridge

बेनी–जोमसोम–कोरला सडक आयोजनाले छ मिटर लामो अस्थायी पुल निर्माण गरेको हो । गत भदौमा आएको बाढीले बेगखोलामा रहेको बेलीब्रिज र झोलुङ्गे पुल बगाएको थियो । अस्थायी पुल निर्माण भएपछि बेनी जोमसोम सडकमा बर्खायाममा पनि सिधा सवारी सञ्चालन गर्न सकिने आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए । 

पुलमा एकतर्फ रुपमा सवारी आवतजावत गर्न सक्नेछन् । बर्खायाममा सहजरुपमा सवारीसाधन आवतजावत गर्ने व्यवस्थाका लागि अस्थायी पुल निर्माण गरिएको आयोजनाले जनाएको छ । सडक मर्मतका लागि एउटा डोजर तयारी अवस्थामा राखिएको छ । 

बेलीब्रिज बगाएपछि बेगखोलामा बाढी आउँदा सवारीसाधन र मानिसलाई आवतजावत गर्न समस्या हुने गरेको थियो । आयोजनाले ७६ किलोमिटर दूरीको बेनी जोमसोम सडकको पाँच खण्डमा ठेक्का सम्झौता गरी कालोपत्र गर्नका लागि स्थलगत सर्वेक्षणको काम भइरहेको जनाएको छ । 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

  • Kantipathnews News Of Nepal Kavreplanchok Share loan

    शेयर कर्जा लिन उत्साहित

    काठमाडौँ बाहिरका जिल्लामा पनि शेयर कर्जा लिन लगानीकर्ता उत्साहित देखिएका छन् । काठमाडौँमा मात्रै केही बैंकले शेयर कर्जा दिने घो ...

  • kantipathnews Nepal Share Market News Market businesses

    धितोपत्र बजार : तीन अर्ब बढीको कारोबार

    धितोपत्र बजारमा यस साता रु तीन अर्ब ६१ करोड ५७ लाख १७ हजार मूल्यबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार कुल १ ...

yummyfood