1478958692 banner ad format

 
 

म्याग्दी । बेनी–जोमसोम सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भिरकाटेमा कालीगण्डकी नदीले सडक बगाएपछि सिधा यातायात अवरुद्ध बनेको छ । 
Beni Jomsom road
अविरल वर्षाका कारण कालीगण्डकी नदीको बहाव उच्च भएपछि तीन वर्षअघि सडक विभागले निर्माण गरेको पक्की पर्खाल नदीले बगाएको हो । नदीले करिब २० मि सडक बगाएपछि बेनी–जोमसोम सडकमा दुई दिनदेखि सिधा यातायात अवरुद्ध बनेको अन्नपूर्ण गाउँपालिका–२ का वडा सदस्य बुद्धि पुनले जानकारी दिए । उनका अनुसार सडक अवरुद्ध बनेपछि म्याग्दीको उत्तरी भेगका साथै हिमाली जिल्ला मुस्ताङ जाने पर्यटक, तीर्थयात्री तथा सर्वसाधारण यात्रु् समस्यामा परेका छन् । 

सिधा यातायात अवरुद्ध बनेपछि यात्रुले सवारीसाधन परिवर्तन गरि यात्रा गर्नुपर्ने झन्झट भएको छ । बिहीबार साँझ नदी कटानले सडक बगाएको थियो । निरन्तरको वर्षाले कालीगण्डकीमा उर्लिएको बहावले क्षति पु¥याएको सडकलाई अस्थायी रुपमा मर्मत गरी खुलाउने प्रयास भइरहेको अन्नपूर्ण गाउँपालिका प्रमुख क्या डमबहादुर पुनले जानकारी दिए । 

अहिले कालीगण्डकीले कटान गरेका ठाउँमा अस्थायी रुपमा डोजरको सहायताले ठूला–ठूला ढुङ्गा राखेर नदीको बहाव रोकी एकतर्फी रुपमा भए पनि सडक खुलाउने प्रयास भइरहेको उनले बताए । 

सिधा सवारी सञ्चालन नहुँदा सयौँ यात्रु समस्यामा परेपछि सडकको अवस्थाबारे शुक्रबार प्रजिअ राजुप्रसाद पौडेललगायत सुरक्षा निकायका अधिकारीलेस्थलगत निरीक्षण गरे । 

जिल्लास्थित सुरक्षा निकाय र गाउँपालिकाको पहलमा सडक विभागका डोजर तथा दानास्थित निर्माणाधीन सबस्टेसनका दुई र घलेम्दी हाइड्रोपावर प्रोजेक्टको एक टिपर कटान भएको सडकलाई अस्थायी रुपमा सञ्चालन गराउने कार्यमा परिचालन भएका छन् । 

सडक भत्किएपछि बेनी, पोखरा र काठमाडौँबाट मुस्ताङका लागि छुटेको सवारीसाधन भिरकाटेमै तथा जोमसोमबाट छुटेका जिप, बस तथा मालबाहक ट्रक पोखरेबगरमै रोकिएका छन् । आज साँझसम्म एकतर्फी रुपमा भए पनि सडक खुलाउने प्रयास भइरहेको सडक विभागका स्थानीय प्रतिनिधि इन्द्रसिंह शेरचनले जानकारी दिए । सो सडकमा जिप, बस तथा मालबाहक ट्रक गरी दैनिक २०० सवारीसाधन सञ्चालन हुँदै आएका छन् । 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Nepse with double digit

    नेप्से दोहोरो अंकले सुधारियो

    मंगलबार पुनः पूँजी बजारमा दाहोरो अंकको सुधार आयोे । आइतबार उच्च दरले उकालो लागेको बजार सोमबार ऋणात्मक रही यस दिन पुनः सुधारिएक ...

  • Kantipathnews Banpanpa business share

    बनेपामा सेयर कारोबार बढ्दै

    सेयर खरिद तथा बिक्रीका लागि काठमाडौँ धाउने लगानीकर्ता आजकल घर नजिकैबाट सेयर कारोबार गर्न थालेका छन् । बनेपामा विभिन्न सेयर ब्रोक ...

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

yummyfood