tealaya add

 हेटौंडा - हेटौंडा उपमहानगरपालिकाका उपमेयर मीना लामाले हेटौंडामा साइकल ट्रयाक निर्माणको लागि २० लाख रुपैयाँ विनियोजन गरेको बताएकी छिन् ।

hetauda min

 

हेटौंडा राइडर्सले शनिबार आयोजना गरेको हेटौंडा कोरा साइकल यात्रा–२०१९ अन्तर्गत हेटौंडा–१४ नम्बर वडामा भएको कार्यक्रममा उनले स्वस्थ रहनका लागि साइक्लिङ आवश्यक रहेको औंल्याउँदै उपमहानगरपालिका आवश्यक सहयोग एवम् सहकार्यका लागि तयार रहेको बताइन् ।

‘हामी हरेक क्षेत्रमा आवश्यक सहयोग एवम् सहकार्यका लागि तयार छौं’, उपमेयर लामाले भनिन्, ‘साइकल ट्रयाक निर्माणसहित अन्य केके गर्न सकिन्छ रु योजना ल्याउनुहोला । राम्रो कामको लागि उपमहानगरपालिका सदैव यहाँहरु संगै छ ।’ यस्तै विश्व साइकलयात्री पुष्कर शाहले साइक्लिङको महत्व दर्शाउँदै सरकारले साइक्लिङको महत्व नबुझेको गुनासो गरे ।

‘पछिल्लो समय साइक्लिङ गर्नेहरुको संख्यामा बृद्धि भैरहेको छ । भीडभाड शहरमा साइक्लिङ सहज छैन’, उनले भने, ‘हरेक शहरमा साइक्लिङ ट्रयाक आवश्यक छ ।’ केन्द्रदेखि स्थानीय सरकारले अनावश्यक विषयमा बजेट विनियोजन गरिरहेको भएपनि साइक्लिङको क्षेत्रमा ध्यान नदिएको उनको गुनासो थियो ।

कोरा साइकल यात्रामा सहभागी करिब २ सय जना साइकल यात्रीलाई हेटौंडा–१४ नम्बर वडा अध्यक्ष दीपक खड्काले स्वागतसहित खानाको व्यवस्था गरेका थिए । हेटौंडाको भुटनदेवी मन्दिरबाट सुरु भएको हेटौंडा कोरा साइकल यात्राका सहभागीले ६४ किलोमिटर पार गरेका थिए ।

साइक्लिङको महत्व बढ्दै गएको र यसप्रति आकर्षण पनि बढिरहेको भन्दै वडा अध्यक्ष खड्काले वडाको तर्फबाट सहयोग र सम्मान गरेको जानकारी दिए । कार्यक्रममा पत्रकार महासंघ ३ नम्बर प्रदेश अध्यक्ष प्रताप बिष्ट, वडा अध्यक्षद्वय राजेश बानियाँ र नवीन सिग्देललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमका वक्ताहरुले साइक्लिङको महत्व दर्शाउँदै आवश्यक सहयोगको लागि तयार रहेको आश्वासन समेत दिएका थिए । राइडर्स क्लवले प्रत्येक बर्ष हेटौंडा कोराको आयोजना गर्दै आएको छ ।

यसैगरी बिगत ३० बर्षदेखी साइकल चलाउदै आएका हेटौंडा–७ निवासी पृथ्वीबहादुर रायमाझीलाई हेटौंडा–७ का समाजसेवी हेमप्रसाद अधिकारीले साइकल सहयोग गरेका छन् । हेटौंडा कोरा–२०१९ को सन्दर्भमा साइकल सहयोग गरिएको अधिकारीले जानकारी दिए ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर