btgp kantipath

बझाङ : वित्थडचिर गाउँपालिकाले वडा नम्बर ७ मा रहेका अपाङ्गलाई ह्विलचियर वितरण गरेको छ । आइतबार वडा नम्बर ३ मा रहेका तीन जना अपाङ्गलाई गाउँपालिकाले ह्विलचियर वितरण गरेको हो ।

ह्विलचियर पाउनेमा हिरा अधिकारी, गगन खड्का, मैना बिष्ट रहेका छन् । सडक सञ्जालले छोएको वडा नम्बर ७ मा अपाङ्गहरुलाई आवतजावतमा सजिलो होस् भन्ने हेतुले ह्विलचियर वितरण गरिएको उपाध्यक्ष जानकी बोहराको भनाइ छ ।

ह्विवलचियर वितरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर बोहरा, उपाध्यक्ष जानकी बोहरा, वडा अध्यक्ष प्रसाद विष्ट लगायत सबै जनप्रतिनिधि र स्थानीयको उपस्थिति रहेको थियो ।

वडा नम्बर ७ बाट सुरु गरेको ह्विलचियर वितरण कार्यक्रम अब गाउँपालिका भरी नै लागू गरिने गाउँपालिकाले जनाएको छ । रेडियाे मितेरी

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...