1478958692 banner ad format

 
 

दमक - झापाको शिवसतासी–७, चन्द्रडाँगी–लालपानीको बीचमा रहेको कनकाई नदीमा बाँसको अस्थायी पुल निर्माण गरिएको छ ।

Jhapa Bridge at Kankai River

चन्द्रडाँगीस्थित वडा कार्यालय र बजारमा आवतजावतमा सहज बनाउन स्थानीयवासी र वडा कार्यालयको संयुक्त पहलमा बाँसे पुल निर्माण गरिएको हो । करिब रु ५० हजारको लागतमा निर्माण गरिएको अस्थायी बाँसे पुलको लम्बाइ ५० मिटरभन्दा बढी रहेको छ । 

नदीमा अस्थायी पुल निर्माण भएपछि त्यस क्षेत्रमा आवतजावत गर्न सहज भएको वडाध्यक्ष नवीन इजमले बताए । 

“यो पुल अस्थायी हो, वर्षात्मा सुरुङ्गा–दूधे मार्गहुँदै धाउनुपर्ने बाध्यता छँदैछ,” वडाध्यक्ष इजमले भने – “हिउँदको समयमा नदीमा पानी कम हुने भएकाले यस्तो अस्थायी पुल निर्माण गर्नुपरेको हो ।” सो पुलको आज वडाध्यक्ष इजमले आजै उद्घाटन गरेका हुन्  । 

प्रकासित मिति

Loading...

 

yummyfood