tealaya add

bb3232

धनसरा माझकोटि,सुर्खेत - जलवायु परिवर्तनका हिसाबले चौथोे विश्वको ११ औं तथा बाढीपहिरो लगायतका प्रकोपका हिसाबले ३० औं जोखिमपूर्ण स्थानमा रहेकोे नेपालमा घटनाहरू बदै गएका छन् । प्रकोप जोखिमकोे अवस्थालाई प्रस्ट पार्छ । हिमालय क्षेत्रको कमजोर भौगोलिक बनावट, भारतीय तथा तिब्बतीयन प्लेटको बीचमा पर्ने भूकम्पीय दृष्टिले निकै जोखिमपूर्ण भौगर्भिक संरचना लगायतका कारणले नेपाल प्रकोपको उच्च जोखिममा रहेको हो ।

हजारौको ज्यान लिने भूकम्प, गाउ नै पुर्ने पहिरो, बाढी, डढेलो, खडेरीजस्ता प्राकृतिक विपत्तिहरूले एकपछि अर्को गर्दै घटना बड्दै गएका छन् । जसका कारण ठूलो धन–जन तथा भौतिक क्षतिको सामना गाउले बासिले बेहरी रहनु परेको छ,। आर्थिक तथा भौतिक क्षतिका हिसाबले पनि विरेन्द्रनगर नगरपालिका जोखिम मै छ । यो बर्से्नि बढ्ने क्रममा पनि छ ।


जोखिम न्यूनीकरण तथा पूर्वतयारीमा पर्याप्त लगानी र चासो कम हुनु, जनचेतनाको अभावजस्ता कारणहरूले गर्दा विभिन्न खालका प्रकोपहरूबाट हुने आर्थिक तथा मानवीय क्षति बढिरहेको छ । विपद जुनसुकै बेला पनि आऊन् सक्छ प्राकृतिक विपद भुकम्प ,बाढीपहिरो,आगलागी सङगै अन्य विपदहरु पनि नआऊला भन्न सकिन्न्।


यस्ता विपद बाट बच्नको लागि हामी आफै सचेत हुनुपर्छ ।समुदाय वडा गाऊपालिका, नगरपालिका,र वडा स्तरमा विपद जोखिम न्यूनीकरणको लागि योजना हुन आवश्यक छ।


विरेन्द्रनगर नगरपालिका भुकम्प ,बाढिपहिरो, आगलागी जस्ता विपदको वीरेन्द्रनगर नगरपालिकाले विपद् जोखिम युक्त क्षेत्र मा पनि पर्छ । यस्ता विपदले समुदायमा पर्ने असरलार्इ कम गर्नको लागि विभिन्न योजना तर्जुमा विभिन्न पुर्वाधारहरु नगरपालिका ले निर्माण गर्दै छ। व्यवस्थापनका लागि नगरका हरेक योजनामा ५ प्रतिशत विपद व्यवस्थापनका लागि छुट्टाउने गरको छ । वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडाहरुमा विपद व्यवस्थापन कोषको समेत व्यवस्था गरको छ ।

विरेन्द्रनगर नगरपालिकाले विपद जोखिम न्यूनीकरण को लागि चौथो नगरसभाबाट विपद ब्यवस्थापन ऐन पारित गरेको छ। नगरपालिकामा विपद जोखिम न्युनिकरण गर्नको लागि नगर प्रमुखको संयोजकत्वमा नगर स्तरीय समुह गठन र वडामा वडाध्यक्षहरु संयोजकत्वमा विपद शाखा तथा विपद समूह गठन गरेर कार्य गरीरहेको विरेन्द्रनगर नगरपालिका कि नगर उप प्रमुख मोहोनमाया ढकालले बताए।


विरेन्द्रनगर नगरपालिका बाडिपहिरो हावाहुरी आगलागि मात्रै नभएर भुकम्पको उच्च जोखिमममा पनि रहेको छ। सुरक्षित समुदाय निर्माणमा को लागि नगरपालिका भुकम्प प्रतिरोधि घर निमार्ण को अभियानमा नगरपालिका लागि परेको उपप्रमुख ढकाले बताए ।


यस्तै २०७४ साल असार १४ गत्तेको नगरसभा बाट आर्थिक वर्ष २०७५र७६ को लागि बिरेन्द्रनगर नगरपालिका ले नगर क्षेत्रमा हुने वातावरणिय विपतको लागि रकम बिनियोजन गरेको छ र विपद जोखिम न्यूनीकरण र व्यबस्थापन सम्बन्धि सुचना आदान प्रदान गर्ने प्रणाली बिरेन्द्रनगर नगरपालिका मा रहेको विपद व्यबस्थापन शाखाका उप प्रमुख यामलाल गिरिले मौसमजन्य, भौगर्भिक, जैविक तथा जलवायु परिवर्तनको जोखिमको दृष्टिकोणबाट निकै संकटासन्नता अवस्थामा रहेको नेपालमा पछिलो वर्षहरू प्राकृतिक विपद्का दृष्टिले निकै खतारा रहेको बताउनु भयो।

त्यसैले विपदबाट बच्न हामि आफैँले पूर्वतयारी शुरु गरौँ र पूर्वसूचना प्रणालीको निरन्तर सम्पर्कमा रहने गराँै  । । 

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...
Loading...

ताजा खबर