1478958692 banner ad format

 
 

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा रहेको बुद्धिविकास माविमा रु एक करोडभन्दा बढी लागतमा सुविधासम्पन्न ६ कोठे भवन निर्माण भएको छ । गोर्खा वेल्फेयर स्किमको आर्थिक सहयोगमा रु एक करोड दुई लाख ७१ हजार ५१९ लगानीमा भवन निर्माण भएको हो । 

school min

भवन निर्माणमा गोर्खा वेल्फेयर स्किमको रु ९१ लाख ५२ हजार ५२१ र समुदायको रु ११ लाख १८ हजार ९९८ बराबरको जनश्रमदान लगानी भएको विद्यालयका शिक्षक लोकराज रोकाले जानकारी दिए । ६ कोठे भवन निर्माण भएपछि विद्यार्थीलाई खुलाचौर र त्रिपालमुनि राखेर पढाउनुपर्ने बाध्यता अन्त्य भएको शिक्षक रोकाले बताए । 

दुर्गम बस्तीमा पक्की भवन निर्माण भएपछि विद्यार्थीलाई अध्ययनमा सहजता मिलेको छ । सो भवन निर्माणसँगै ९१ मिटर विद्यालय परिसरको खुला क्षेत्रलाई घेराबार पनि गरिएको छ । 

त्यस्तै, सोही योजनाअन्तर्गत नै विद्यालयलाई २५ थान बेन्च, ६ थान ह्वाइट बोर्ड र एउटा फोहोर जलाउने ठाउँसमेत निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक जगबहादुर किसानले जानकारी दिए । कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा हाल करिब ४०० विद्यार्थी अध्ययनरत रहेका छन् । 

यसैबीच, हालै एक कार्यक्रमबीच सो नवनिर्मित विद्यालय भवन हस्तान्तरण गरिएको छ । गोर्खा वेल्फेयरको एरिया अफिसर म्याग्दीका खेमबहादुर गुरुङले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सबहादुर घर्तीलाई भवनको साँचो हस्तान्तरण गर्दै भवनको उपयोग र व्यवस्थापन गर्ने जिम्मा विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका थिए । 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Nepse with double digit

    नेप्से दोहोरो अंकले सुधारियो

    मंगलबार पुनः पूँजी बजारमा दाहोरो अंकको सुधार आयोे । आइतबार उच्च दरले उकालो लागेको बजार सोमबार ऋणात्मक रही यस दिन पुनः सुधारिएक ...

  • Kantipathnews Banpanpa business share

    बनेपामा सेयर कारोबार बढ्दै

    सेयर खरिद तथा बिक्रीका लागि काठमाडौँ धाउने लगानीकर्ता आजकल घर नजिकैबाट सेयर कारोबार गर्न थालेका छन् । बनेपामा विभिन्न सेयर ब्रोक ...

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

yummyfood