1478958692 banner ad format

 
 

काठमाडौँ - बूढीगण्डकी सरोकार समितिले चालु आर्थिक वर्षभित्रै बूढीगण्डकी जलविद्युत् आयोजनाका प्रभावित क्षेत्रको मुआब्जा वितरणलगायतका काम सम्पन्न गर्न सरकारसँग माग गरेको छ । 

Budhigandaki Hydropower Project

सरोकार समितिको तर्फबाट संयोजक हरेराम ढकालले आज जारी गर्नुभएको विज्ञप्तिमा डुबान पीडितको माग सम्बोधन गर्नेतर्फ सरकार र सरकारी निकायले ध्यान नदिएको तथा आयोजनाको भविष्यका बारेमा समेत पटकपटक अन्यौलता सिर्जना भएको उल्लेख गरे । 

हालसम्म आयोजनाका लागि अधिग्रहण गरिने भनिएको ५८ हजार १५३ रोपनीमध्ये गोरखातर्फ तीन हजार ८०० र धादिङतर्फ चार हजार ९०० गरी जम्मा आठ हजार ७०० रोपनीको मात्र मुआब्जा वितरण भएको छ । 

दुई जिल्लाका गरी अझै ४९ हजार रोपनी जग्गाको मुआब्जा वितरण बाँकी नै रहेको छ । डुबान क्षेत्रको जग्गा रोक्का भएको करिब दुई वर्ष र मुआब्जा घोषणाको एक वर्ष बित्दासमेत मुआब्जा वितरण प्रक्रियाले गति नलिएको भन्दै समितिले आयोजनाप्रति सरकार उदासीन भएको त होइन भन्ने प्रश्न गरेको छ । 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Nepse with double digit

    नेप्से दोहोरो अंकले सुधारियो

    मंगलबार पुनः पूँजी बजारमा दाहोरो अंकको सुधार आयोे । आइतबार उच्च दरले उकालो लागेको बजार सोमबार ऋणात्मक रही यस दिन पुनः सुधारिएक ...

  • Kantipathnews Banpanpa business share

    बनेपामा सेयर कारोबार बढ्दै

    सेयर खरिद तथा बिक्रीका लागि काठमाडौँ धाउने लगानीकर्ता आजकल घर नजिकैबाट सेयर कारोबार गर्न थालेका छन् । बनेपामा विभिन्न सेयर ब्रोक ...

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

yummyfood