1478958692 banner ad format

 
 

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सडकका खाल्डा पुर्ने कामको अनुगमन गरी सरोकार भएका कार्यालयलाई समन्वय गरेर छिटो पुर्न निर्देशन दिएको छ ।

Cabinet Office

कार्यालयको नेतृत्वमा बिहीबार बिहान नयाँबानेश्वर–पुरानो बानेश्वर–गौशाला–चाबहिल–चुच्चेपाटी–बौद्ध–जोरपाटी क्षेत्रमा अनुगमन गरिएको हो ।

अनुगमनकाक्रममा चाबहिलमा १० ओटा ठूला खाडल अझै पुर्न बाँकी रहेको भेटिएको उक्त कार्यालयका सहसचिव दामोदर रेग्मीले जानकारी दिए ।

‘बौद्धको सडकमा थप सुधार गर्नुपर्ने आवश्यकता देखियो, कम हिलो भएको ढुंगा, गिट्टी राख्न काठमाडौं उपत्यका सडक विस्तार आयोजनालगायत सरोकार भएका कार्यालयलाई निर्देशन दिइएको छ’–उनले भने ।

अनुगमन समूह जोरपाटीबाट फर्केर चाबहिल–गोपीकृष्ण हल–सुकेधारा–नारायणगोपाल चोक–गोल्फुटारसम्म, नारायणगोपाल चोकबाट सामाखुसी–बालाजु, फेरि नारायणगोपाल चोकबाट महाराजगन्ज–लाजिम्पाट–लैनचौर–रत्नपार्क–सहिदगेट–त्रिपुरेश्वर–टेकु–थापाथली–बबरमहलसम्म पुगेको थियो ।

अनुगमनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव चन्द्रकुमार घिमिरे र भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्की नेतृत्वको समूह सहभागी थियो ।

अनुगमनकाक्रममा केही स्थानका खाल्डाखुल्डी भने राम्रोसँग पुरिएको भेटिएको कार्यालयले जनाएको छ ।

लैनचौरबाट नारायणगोपाल चोकसम्मको सडकमा खानेपानीको पाइप फुटेर पानी आएको, त्रिपुरेश्वर–टेकु सडकका ठाउँठाउँमा पानी जमेर पोखरी बनेको, टेकुको दुबै भागका सडकमा विभिन्न सामग्री राखिएकाले छिटो सफा गर्न निर्देशन दिइएको छ ।

अनुगमनमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड, लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालय, सडक विभाग, काठमाडौं उपत्यका सडक विस्तार आयोजना, काठमाडौं उपत्यका विकास प्राधिकरण, खानेपानी तथा ढल निकास विभागलगायतका सरोकार भएका कार्यालयका अधिकारीको पनि सहभागिता थियो ।

अनुगमनपछि अन्तरनिकाय समन्वयको आवश्यकता देखिएको उक्त कार्यालयका आर्थिक र पूर्वाधार महाशाखा प्रमुख रेग्मीले बताए ।

समन्वयको पहल गर्न बिहीबार दिउँसो ३ बजे सरोकार भएका कार्यालयका प्रमुखको बैठक प्रधानमन्त्रीको कार्यालयमा बोलाइएको उनले बताए ।

उपत्यका सडक विस्तार आयोजना प्रमुख दीपक केसीले मेलम्चीको पानी वितरणका लागि पाइप खनिएको स्थानमा आयोजना कार्यान्वयन निर्देशनालयले खाल्डाखुल्डी पुर्ने काम गरिरहेको जानकारी दिए ।

‘पाइप नबिच्छ्याइएका तर सडक विस्तार भइरहेका स्थानमा आयोजनाले खाल्डा पुरिरहेको छ, खाल्डा पुर्न विभाग, मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालय, उपत्यकाका डिभिजन कार्यालय पनि सक्रिय छन्, केही दिनमा सबै खाल्डा पुरिसकिन्छ’–उनले भने ।

त्रिपुरेश्वर–टेकु सडक कालोपत्रेका लागि तयार भएकाले भदौ दोस्रो सातापछि नै पूरा गर्ने गरी तयारी भएको आयोजनाले जनाएको छ ।

उपत्यकाका सडकमा खाल्डा भएका कारण एक छात्राको मृत्यु भएपछि साउन १ गते प्रधानमन्त्री शेरबहादुर देउवाले १५ दिनभित्र खाल्टा पुर्न सरोकार भएका कार्यालयका प्रमुखलाई निर्देशन दिएका थिए ।

प्रधानमन्त्री देउवाको निर्देशनपछि खाल्डा पुर्ने कामले तीव्रता पाएको छ । साउन १५ सम्ममा उपत्यकाका सडकमा भएका ठूला खाल्डा पुरिसकिने भएको छ ।

८ मिटर चौडाभन्दा ठूला खाल्डा सडक विभाग, विस्तार आयोजना, मध्यमाञ्चल सडक निर्देशनालय र डिभिजन सडक कार्यालयले पुरिरहेका छन् ।

चौडाइमा ८ मिटरभन्दा साना सडक पुर्ने जिम्मेवारी स्थानीय तहलाई दिइएको छ । 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Banpanpa business share

    बनेपामा सेयर कारोबार बढ्दै

    सेयर खरिद तथा बिक्रीका लागि काठमाडौँ धाउने लगानीकर्ता आजकल घर नजिकैबाट सेयर कारोबार गर्न थालेका छन् । बनेपामा विभिन्न सेयर ब्रोक ...

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

  • Kantipathnews News Of Nepal Kavreplanchok Share loan

    शेयर कर्जा लिन उत्साहित

    काठमाडौँ बाहिरका जिल्लामा पनि शेयर कर्जा लिन लगानीकर्ता उत्साहित देखिएका छन् । काठमाडौँमा मात्रै केही बैंकले शेयर कर्जा दिने घो ...

yummyfood