Hidden
राजधानीलाइ नुवाकोटलाई जोड्ने छहरे–टोखा सडक पहिरोका कारण अवरुद्ध
नुवाकोट । नुवाकोटलाई छहरे हुँदै राजधानी जोड्ने सडक छहरे–टोखा सडकखन्डको गुर्जे भञ्ज्याङमा पहिरोका कारण सडक अवरुद्ध भएको छ ।
नुवाकोटलाई काठमाडौंसँग जोड्ने सबैभन्दा छोटो सडक छहरे–टोखा सडकखन्डअन्तर्गत्को गुर्जेभञ्ज्याङस्थित नेपाली सेनाको चेकजाँचनजिकै डाँडो भासिएर सडकमा खसेको हो ।
आइतबार रातिदेखि अवरुद्ध सडक खुलाउने कार्य जारी रहेको छ ।
अवरुद्ध सडक खुलाउन डिभिजन सडक कार्यालयका स्काभेटरले पहिरो हटाउन सुरु गरेपनि निरन्तर पहिरो खसिरहेका कारण खुलाउन नसकेको डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख रोहित विसुरालले बताए ।
सडक खुलाउन नेपाली सेना र प्रहरीको टोली पनि परिचालन गरिएको छ ।
सडक अवरुद्ध भएका कारण काठमाडौंबाट नुवाकोटतर्फ गइरहेका तथा नुवाकोटबाट काठमाडौं आइरहेका सवारी–साधन अलपत्र परेका छन् ।
प्रकासित मिति
Loading...
Loading...
Loading...