1478958692 banner ad format

 
 

काठमाडौं । स्वदेशी लगानीमा नै जलविद्युत् आयोजना निर्माण गर्न सकिन्छ भन्ने धारणा स्थापित गराएको चिलिमे जलविद्युत् कम्पनीले ५८५ मेगावाट क्षमताका दुई परियोजनाको अनुमतिपत्र पाएको छ ।

Chilime Hydropower

विद्युत् विकास विभागले चिलिमे कम्पनीलाई गोरखामा आयोजनास्थल रहेको ४२० मेगावाट क्षमताको बूढीगन्डकी ‘प्रोक’ र बझाङमा आयोजनास्थल रहेको सेतीनदी तेस्रोको अध्ययन अनुमति दिएको हो ।

कम्पनीले हाल रसुवागढी, माथिल्लो सान्जेन, सान्जेन, मध्यभोटेकोसी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । ती आयोजना सन् २०१८ को डिसेम्बरसम्ममा निर्माण गरिने भएका छन् ।

रसुवागढी १११ मेगावाट, मध्यभोटेकोसी १०२ मेगावाट, माथिल्लो सान्जेन १४.८ मेगावाट र सान्जेन ४२ मेगावाट क्षमताका आयोजना हुन् । ती आयोजना सम्पन्न भएपछि कम्पनीले कुन आयोजना निर्माण गर्ने भन्नेबारेमा अन्योलमा थियो ।

कम्पनीले निर्माण गरिरहेका र अध्ययन अनुमतिपत्र पाएका आयोजनाको कुल क्षमता ८५५ मेगावाट हुनेछ ।

सेयर बजारमासमेत चिलिमे जलविद्युत् कम्पनीको सेयर उच्चस्थानमा छ । नेपाल स्टक एक्चेन्जकाअनुसार हाल चिलिमेको प्रतिकित्ता सेयर मूल्य रु ७९८ पुगेको छ ।

नागरिकलाई जलविद्युत् क्षेत्रमा लगानी गर्दा फाइदा हुन्छ भन्ने विश्वास दिलाउन सफल कम्पनीले विभागबाट अनुमतिपत्र पाएपछि अध्ययनको काम यही दसैंलगत्तै सुरु गर्ने जनाएको छ ।

यस्तै, १११ मेगावाटको र रसुवागढी, १०२ मेगावाटको मध्यभोटेकोसी, साढे ४२ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन अहिले निर्माण भइरहेका छन् ।

विभागका महानिर्देशक नवीनराज सिंहले गत भदौ २६ गते बूढीगन्डकी प्रोक र गत असोज १ गते सेतीनदीको अध्ययन अनुमतिपत्र कम्पनीलाई दिइएको जानकारी दिए ।

दसैंलगत्तै यी दुई आयोजनाको अध्ययन सुरु गर्ने कम्पनीका प्रबन्ध निर्देशक दामोदरभक्त श्रेष्ठले बताए ।

उनले ‘निर्माणाधीन आयोजना निर्माणको अन्तिम चरणमा पुग्न लागेको र नयाँ आयोजनाकोसमेत अध्ययन अनुमतिपत्र पाएपछि कम्पनीको बजार मूल्यसमेत बढ्न जाने र सेयर बजारमासमेत सकारात्मक प्रभाव पर्ने विश्वास कम्पनीको छ’–भने ।

सरकारको ‘बास्केट’मा रहेका बूढीगन्डकी प्रोक र सेतीनदी तेस्रो आयोजना पहिले आवेदन दिएको आधारमा विभागले कम्पनीलाई दिएको हो ।

कम्पनीकाअनुसार बूढीगन्डकी नदी प्रवाहमा आधारित आयोजना हो भने सेती अर्धजलाशय (पीआरओआर) ढाँचाको परियोजना हो ।

ती आयोजना आगामी दुई वर्षभित्र अध्ययन सुरु गरेर निर्माण सुरु गर्ने लक्ष्य कम्पनीको छ । चिलिमे कम्पनीले ती आयोजनाका निर्माणका लागि फरक–फरक कम्पनी स्थापना गर्नेछ ।

कम्पनीको प्रारम्भिक अध्ययनमा बूढीगन्डकी प्रोकको लागत रु ५० अर्ब र सेतीको रु २५ अर्ब लाग्ने अनुमान गरिएको छ ।

ती आयोजनामा नेपाल विद्युत् प्राधिकरण, चिलिमे कम्पनी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, बिमा संस्थान र अन्य विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने र सम्बन्धित जिल्ला र गाँउपालिका तथा प्रभावित क्षेत्रका नागरिकलेसमेत लगानी गर्नेछन् ।

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Banpanpa business share

    बनेपामा सेयर कारोबार बढ्दै

    सेयर खरिद तथा बिक्रीका लागि काठमाडौँ धाउने लगानीकर्ता आजकल घर नजिकैबाट सेयर कारोबार गर्न थालेका छन् । बनेपामा विभिन्न सेयर ब्रोक ...

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

  • Kantipathnews News Of Nepal Kavreplanchok Share loan

    शेयर कर्जा लिन उत्साहित

    काठमाडौँ बाहिरका जिल्लामा पनि शेयर कर्जा लिन लगानीकर्ता उत्साहित देखिएका छन् । काठमाडौँमा मात्रै केही बैंकले शेयर कर्जा दिने घो ...

yummyfood