tealaya add

रसुवा - राष्ट्रिय प्रसारण लाइनको तार चुडिएका कारण २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन बन्द भएको छ ।

chilime minफाइल तस्विर 

आज अपरान्ह् उत्तरगया गाउँपालिका–५ लहरे गाउँमा रहेको ८४ नम्बरको टावरमा एक्कासी प्रशारण लाइन चुडिएपछि उत्पादन बन्द गरिएको चिलिमे जलविद्युत् केन्द्रले जनाएको छ ।

विद्युत उत्पादन बन्द भएपछि रसुवा जिल्ला यतिखेर अन्धकारमय भएको नागरिक समाजले जनाएको छ । राष्ट्रिय प्रसारण लाइन मर्मतको लाािग नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय महाशाखालाई ताकेता गरिसकेको सम्भवतः भोलि मङ्गलबारसम्ममा सञ्चालनमा ल्याउन सकिने अपेक्षा राखिएको छ ।

मेलम्ची खानेपानीको बाँकी कामको जिम्मा चिनियाँ कम्पनी सिनो हाइड्रोलाई

मेलम्ची खानेपानी आयोजनाको बाँकी कामका लागि चिनियाँ कम्पनी छनौंट भएको छ।

मेलम्ची खानेपानी विकास समितिले सुरुङमार्ग फिनिसिङ र हेडवर्क्स निर्माणको जिम्मा चिनियाँ कम्पनी सिनो हाईड्रोलाई दिन लागेको हो।

आयोजनाको मूल्यांकन समितिले चिनियाँ कम्पनीलाई छनोट गरेको छ। छनोट प्रक्रिया सकेर ऋणदाता एसियाली विकास बैक(एडीबी)बाट स्वीकृतिका लागि पठाएको आयोजना प्रमुख सूर्यराज कडेलले जानकारी दिए।

उनका अनुसार एडीबीबाट पुन:मूल्यांकन भएर एक सातामा स्वीकृत भएर आउनेछ। आयोजनाले छनोट गरेको भएपनि चिनियाँ कम्पनीलाई दिने वा नदिन भन्ने एडीबीले निर्णय भने दिईसकेको छैन्।आयोजनाले निकालेको ग्लोवल टेण्डरमा चिनियाँ कम्पनी सिनो हाईड्रो र नेपाली कम्पनी हाई हिमालय हाईड्रो/ रमण जेभीले आवेदन दिएका थिए।

दुबै कम्पनी प्राविधिक मूल्यांकनमा पास भएका थिए। चिनियाँ कम्पनीले आयोजनाको इस्टिमेटभन्दा करिव २५ प्रतिशतमा तल ठेक्का हालेको छ भने नेपाली कम्पनीले इस्टिमेटमा काम गर्न नसकिने भन्दै बढी मुल्यमा ठेक्का हालेपछि चिनियाँ कम्पनीलाई नियमानुसार छनौंट गरिएको हो। हेडवर्क्सका लागि करिव १ अर्ब १२ करोड रुपैयाँ र सुरुङमार्गका लागि ९५ करोड रुपैयाँ लाग्ने अनुमान छ।

समितिले छनोट गरेको चिनियाँ कम्पनी यस अघि ईटालियन कम्पनी सिएमसी दि रिभेन्ना मेलम्चीको ठेक्का हात पार्ने दौडमा थियो। सिएमसीले सिनो हाईड्रोभन्दा कम कवोल गरेपछि उसैले ठेक्का हात पारेको हो।  सिएमीले आयोजना अलपत्र पारेर हिडेपछि सिनो हाईड्रोले चासो देखाउँदै आएको आयोजनाका एक अधिकारीले बताए।

यो आयोजना पूरा गरेर यस अघि दोस्रो भएको कम्पनी पहिलो हुने चाहाना व्यक्त गरेको ती अधिकारीले बताए। यो चिनियाँ कम्पनीले नेपालमा विश्वास कमाएको आयोजनाका अधिकारीहरुको भनाई छ।कम्पनीले तामाकोशीमा आफ्नो काम पूरा गरिसकेको छ। त्यहीका इक्विपमेन्टहरु ल्याएर काम गर्न सक्ने भएकाले मेलम्चीको काम छिटो हुने समितिको भनाई छ। आयोजनाले निकालेको दुवै ठेक्का चिनियाँ कम्पनीले नै पाउने समितिको निष्कर्ष छ।

सिएमसी छाडेपछि ६ महिना अलपत्र बनेको राष्ट्रिय गौरवको आयोजना दुई मूख्य र ८ साना गरि १० वटा प्याकेजमा निर्माण गर्ने योजना बनाईएको थियो।८ वटा साना ठेक्का मन्त्रीपरिषदबाट स्वीकृत गराएर सिधै दिएर काम गराउन लागिएको छ भने दूई मूख्य ठेक्काका लागि जेठ १७ गते टेण्डर आव्हान गरिएको थियो।आयोजनाले सिएमसीसँगै काम गरेका सव कन्ट्रयाक्टरलाई  साना ठेक्का दिन लागेको हो।

आयोजना प्रमुख कँडेलका अनुसार दुई वटा मूख्य ठेक्का बाहेक अरुमा कन्स्ट्रक्सनको काम छैन्। सिएमसीसँग काम गरिरहेका र उनीहरुसँग इक्विपमेन्ट र जनशक्ती दुवै छ। नयाँ ठेक्का लगाएर काम गर्दा समय लाग्ने भन्दै तीनै कम्पनीहरु मार्फत गराउन लागिएको हो। अधिकांश कामहरु यी दुई ठेक्कासँगै जोडिएका कारण एकैपटक काम हुनेछ।

प्रकासित मिति

 
 
Loading...
Loading...