1478958692 banner ad format

 
 

पोखरा। कास्कीको पोखरा– लेखनाथ महानगरपालिका– ११ काहुँडाँडामा निर्माण गरिने धर्मकाय वुद्ध मण्डला स्थलमा आज भूमि पूजा गरियो । 

Construction Buddhist dharmakaya

धर्मकाय वुद्ध मण्डला निर्माण समितिद्वारा आयोजित एक समारोहबीच धर्मोदय सभाका अध्यक्ष एव्म बुद्ध मण्डलाका संरक्षक सोङपा रिम्पोछेले भूमि पूजा गरी कार्यक्रमको शुभारम्भ गरे । 

छ रोपनी जमिनमा निर्माण हुने बुद्ध मण्डलामा ८० मिटर अग्लो बुद्धको मूर्ति, ठूलो ध्यान केन्द्र, छात्रावास, सङ्ग्राहालय, अतिथि गृह, चारवटा कुनामा स्तुपा, पुस्तकालय र बगैँचा निर्माण गरिने निर्माण समितिका सचिव राजबहादुर गुरुङले जानकारी दिए । 

उहाँकाअनुसार मण्डला निर्माणका लागि झन्डै एक अर्ब भन्दा बढी खर्च लाग्ने र यसका लागि स्वदेश तथा विदेशमा रहेका दाजुभाइ तथा दिदीबहिनीबाट सहयोग आउने क्रम जारिरहेको छ । 

समितिका अध्यक्ष रुद्रकुमारी गुरुङको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो । 

प्रकासित मिति

Loading...

 

yummyfood