1478958692 banner ad format

 
 

काठमाडौँ । नेकपा (एमाले) निकट अखिल नेपाल किसान महासङ्घको सहयोग र जनश्रमदानमा दक्षिणकाली नगरपालिकाको छैमलेमा नवनिर्मित आकाशे पानी जम्ने पोखरी बुधबार हस्तान्तरण गरिएको छ । 

सो नगरपालिका–८ का करिब ५० घरधुरीका लागि सिँचाइ र चौपायाका लागि पानी अभाव भएपछि रु दुई लाख ३८ हजारमा सो पोखरी निर्माण भएको हो । महासङ्घले त्यसका लागि रु एक लाख सहयोग गरेको थियो । महासङ्घका महासचिव बलराम बास्कोटाले बुधबार सो पोखरी सञ्चालन गराउँदै पानीको मूल सुकेका अन्य जिल्लामा पनि किसानका यस्ता आवश्यकता पूरा गर्न सहयोग गरिने बताए । 

भूकम्पका कारण पानीको मूल सुकेपछि स्थानीय बासिन्दा दुई घन्टा पैदल हिँडेर भोर्ले खोलामा पुगेर पानी ल्याउने गरेकामा अब समस्या नहुने स्थानीयवासी शङ्करप्रसाद अधिकारीले बताएका छन्  ।

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Nepse with double digit

    नेप्से दोहोरो अंकले सुधारियो

    मंगलबार पुनः पूँजी बजारमा दाहोरो अंकको सुधार आयोे । आइतबार उच्च दरले उकालो लागेको बजार सोमबार ऋणात्मक रही यस दिन पुनः सुधारिएक ...

  • Kantipathnews Banpanpa business share

    बनेपामा सेयर कारोबार बढ्दै

    सेयर खरिद तथा बिक्रीका लागि काठमाडौँ धाउने लगानीकर्ता आजकल घर नजिकैबाट सेयर कारोबार गर्न थालेका छन् । बनेपामा विभिन्न सेयर ब्रोक ...

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

yummyfood