1478958692 banner ad format

 
 

काठमाडौँ । घरेलु तथा साना उद्योग कार्यालय काठमाडौँमा एक हजार ८१९ उद्योग दर्ता भएका छन् । 

चालु आर्थिक वर्षको १० महिनामा उक्त सङ्ख्यामा उद्योग दर्ता भएको हो । उत्पादनमूलक २७५, सेवामूलक ८५९, पर्यटन सम्बन्धी ६१६, कृषिमूलक ६८ र विज्ञान प्रविधिसम्बन्धी एउटा उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयकी प्रवक्ता इन्दिरा गौतम (खनाल)ले जानकारी दिए । 

विसं २०७३ साउनमा ३५३, भदौमा ३५१, असोजमा १७२, कात्तिकमा १५७, मङ्सिरमा १६९, पुसमा १४४, माघमा १३९, फागुनमा १६०, चैतमा ८७ र २०७४ वैशाखमा ८७ उद्योग दर्ता भएको छ । 

“देशमा लगानीमैत्री वातावरण बन्दै गएकाले साना तथा घरेलु उद्योग दर्ता हुने क्रम बढेको हो,” उनले भने । संविधान निर्माणसँगै देशमा लगानीको वातावरण बनेको र उद्योग दर्ता गर्ने क्रम बढेको उनको भनाइ छ । 

सरकारले रु १० करोडभन्दा कम लगानी भएका उद्योगलाई साना तथा घरेलु उद्योगका रुपमा वर्गीकरण गरेको छ । उक्त उद्योग साना तथा घरेलु उद्योग विभाग र समितिअन्तर्गतका जिल्ला कार्यालयबाट दर्ता हुने गरेको छ ।

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Nepse with double digit

    नेप्से दोहोरो अंकले सुधारियो

    मंगलबार पुनः पूँजी बजारमा दाहोरो अंकको सुधार आयोे । आइतबार उच्च दरले उकालो लागेको बजार सोमबार ऋणात्मक रही यस दिन पुनः सुधारिएक ...

  • Kantipathnews Banpanpa business share

    बनेपामा सेयर कारोबार बढ्दै

    सेयर खरिद तथा बिक्रीका लागि काठमाडौँ धाउने लगानीकर्ता आजकल घर नजिकैबाट सेयर कारोबार गर्न थालेका छन् । बनेपामा विभिन्न सेयर ब्रोक ...

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

yummyfood