1478958692 banner ad format

 
 

काठमाडौँ - नेपाल ओलम्पिक कमिटीले काठमाडौँ महानगरपालिका–१५ डल्लु आवास क्षेत्रमा भूकम्प प्रतिरोधात्मक बहुउद्देश्यीय कभर्ड हल बनाउने भएको छ । 

covert

करिब छ रोपनीको क्षेत्रफलमा निर्माण गरिने उक्त हल आगामी पुसदेखि शुरु भई एक वर्षको समयावधिमा पूरा गरिनेछ । उक्त प्रयोजनका लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले रु साढे चार करोड नेपाल ओलम्पिक कमिटीलाई पठाइसकेको कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिनुभयो । हलको संरचनासमेत तयार भइसकेको छ । इनडोर खेल सञ्चालनका लागि उपयोगी हुने र सो हल निर्माणमा डल्लु आवास स्थानीय सहयोग समितिले समेत केही रकम सहयोग गर्ने जनाइएको छ । 

यसैबीच स्थानीय खेलकुद विकास समितिले काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा नेकपा (एमाले) का उम्मेदवार जीवनराम श्रेष्ठलाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित गर्न आवश्यक सहयोग गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष राजेन्द्र तुलाधरको संयोजकत्वमा उक्त संस्थामा आबद्ध खेलाडीको भेलाले श्रेष्ठलाई सहयोग गर्ने निर्णय गरेको हो । 

अध्यक्ष तुलाधरले लामो समयसम्म खेलकुद क्षेत्रको विकासमा क्रियाशील श्रेष्ठले त्यस क्षेत्रमा खेलको विकास गर्नमा योगदान पु¥याएकाले उहाँलाई नीतिनिर्माण तहमा पु¥याउनसकेमा सो क्षेत्रका साथै खेलाडीको समेत थप विकास हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल ओलम्पिक कमिटीका अध्यक्षसमेत रहनुभएका श्रेष्ठ विसं २०५३ र ०६३ मा राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव पनि हुनुहुन्थ्यो । उम्मेदवार श्रेष्ठले खेलाडीले अनुशासित भएर प्रदर्शन गरेको खेलकुदले देश र जनताको प्रतिष्ठा बढाउने बताउँदै सो क्षेत्रको विकासमा सरकारले आवश्यक लगानी वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । उक्त समितिमा करिब एक हजार सदस्य आबद्ध छन् । 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Nepse with double digit

    नेप्से दोहोरो अंकले सुधारियो

    मंगलबार पुनः पूँजी बजारमा दाहोरो अंकको सुधार आयोे । आइतबार उच्च दरले उकालो लागेको बजार सोमबार ऋणात्मक रही यस दिन पुनः सुधारिएक ...

  • Kantipathnews Banpanpa business share

    बनेपामा सेयर कारोबार बढ्दै

    सेयर खरिद तथा बिक्रीका लागि काठमाडौँ धाउने लगानीकर्ता आजकल घर नजिकैबाट सेयर कारोबार गर्न थालेका छन् । बनेपामा विभिन्न सेयर ब्रोक ...

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

yummyfood