चितवन - राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरले त्यहाँ पालिएका गाईको गोबरबाट ६० परिवारलाई पुग्ने गरी ग्यास उत्पादनको अन्तिम तयारी गरेको छ । फार्ममा रहेका १६० गाईको मलमूत्रले धान्ने गरी २०० घनमिटरको गोबरग्यास प्लान्ट निर्माण गरिएको हो ।

Cows Research Program Rampur gobargyasफाइल तस्विर 

कार्यक्रमका प्रमुख डा माधवप्रसाद आचार्यका अनुसार गोबरग्यास प्लान्ट निर्माण गरी घर–घरमा पाइप लाइन विस्तारसमेत गरिसकिएको छ । त्यहाँ उत्पादित ग्यास कार्यक्रमका कर्मचारीको आवास, राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमका कर्मचारीका आवास, प्रयोगशाला, गेष्टहाउस, खाजाघरमा जडान गरिएको छ ।

cow min

त्यहाँ चाहिने चुलो, लाइटर, सवमिटरसमेत खरीद गरिसकिएको छ । आचार्यले दुई महीनाभित्र परीक्षणका रूपमा ग्यास वितरण गरिने बताए । प्लान्टको ट्याङ्कीमा शुरुमा दुई लाख किलो गोबर आवश्यक पर्ने भएकाले केही दिन समय लागेको उनको भनाइ छ । फार्ममै रहेका गाईको गोबर सङ्कलन गरी ट्याङ्की भर्ने काम भइरहेको छ ।

ती गाईको दैनिक तीन हजार किलो गोबर सङ्कलन हुने गरेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु ८० लाख र कार्यक्रमको रु ६५ लाख लागतमा गोबर ग्यास प्लान्ट निर्माण गरिएको हो । यो सफल भएमा कार्यक्रमका अन्य सात ठाउँमा ग्यास उत्पादन गर्ने तयारी गरिएको छ ।

छ महीनासम्म परीक्षणका रूपमा निःशुल्क ग्यास वितरण गरिने भए पनि त्यसपश्चात सवमिटर हेरेर राजश्व असुल गरिनेछ । यसले राष्ट्रियरूपमा महत्व र सन्देश दिने भएकाले सरकारका उच्च अधिकारी निम्ता गरेर औपचारिक उद्घाटन गर्ने तयारी गरिएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...