सुदूरपश्चिम प्रदेशका भौतिक योजना तथा पूर्वाधारमन्त्री पठानसिंह बोहराले परम्परागत खेती प्रणालीमा सुधार गर्दै आधुनिक खेतीलाई बढावा दिनुपर्ने बताएका छन् ।

Dhaan Diwas

१६औँ धान दिवसका अवसरमा कृष्णपुर नगरपालिका–६ बञ्जरियामा आयोजित कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले कृषिलाई आधुनिक बनाइ यान्त्रिकरणमा जोड दिनुपर्ने बताएका हुन । निर्वाहमुखी कृषि प्रणालीले जीवन धानिने भए पनि जीवनस्तरमा सुधार ल्याउन कृषि प्रणालीलाई अवलम्बन गर्न नितान्त जरुरी रहेको उनको भनाइ छ ।

paddy rice modern technology

प्रदेश सरकारले कृषिलाई आधुनिकिकरण गर्न प्रर्याप्त बजेट विनियोजन गरेको उनले बताएका थिए । सुदूरपश्चिम प्रदेशसभाका सदस्य महेशदत्त जोशीले स्थानीय जातका अन्नका बीउ जोगाउन सबैले लाग्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका वरिष्ठ कृषि अधिकृत टीकाराम थापाले देशमा बाह्य क्षेत्रबाट चामलको आयात प्रतिवर्ष रु २५ अर्ब बराबरको आयात हुने गरेको बताए।

Paddy Rice(रासस तस्विर साभार )

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना र नगरपालिकाको संयुक्त आयोजनामा सञ्चालन गरिएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका भौतिक योजना तथा पूर्वाधारमन्त्री बोहराले धान रोप्ने आधुनिक मेसिन खेतमा चलाएर धान दिवसको उद्घाटन गरेका थिए ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...