1478958692 banner ad format

 
 

खजुरा (बाँके) । बाँके जिल्लाको डुडुवा गाउँपालिका–४ कम्दीस्थित डुडुवा नालामा बनेको पुलको आवश्यक मर्मत नहुँदा जोखिमपूर्ण बन्दै गएको छ । करिब ढेड दशकअघि निर्माण भएको सो पुलको मर्मतसम्भार नहुँदा अहिले भत्किन थालेको छ । पुलको वरिपरि पिलर ढलेका छन् भने ढुंगाले लगाएको बारसमेत भत्किएको छ । 

Duduwa bridge risks min

पुलको बीच भागमा खाल्डाखुल्डी भएर पानी जमेको स्थानीयवासी भागिरथी चन्दले बताए । राप्तीपारि क्षेत्रलाई जोड्ने मुख्य सडकअन्तर्गत पर्ने सो पुलको मर्मत सम्भार नहुँदा जोखिम बनेको छ । पुल निर्माणपछि सरोकारवाला निकायले चासो नदिएकाले पुल जोखिमपूर्ण बनेको सम्बद्ध पक्षको भनाइ छ । 

सो पुलको बिहीबार सरसफाइ गरिएको छ । नवनिर्वाचित जनप्रतिनिधि तथा स्थानीयवासीको संयुक्त पहलमा पुलको सरसफाइ गरिएको हो । पुलमा जमेको माटो, फोहरमैला तथा पानी निकासको प्वाल सफा गरिएको छ । सरसफाइ कार्यक्रममा डुडुवा गाउँपालिकाका उपप्रमुख साहिदा बानो, शिव रेडियो श्रोता क्लब, पदमपुर महिला सहकारी संस्था तथा स्थानीयवासीको सहभागिता थियो ।

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Banpanpa business share

    बनेपामा सेयर कारोबार बढ्दै

    सेयर खरिद तथा बिक्रीका लागि काठमाडौँ धाउने लगानीकर्ता आजकल घर नजिकैबाट सेयर कारोबार गर्न थालेका छन् । बनेपामा विभिन्न सेयर ब्रोक ...

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

  • Kantipathnews News Of Nepal Kavreplanchok Share loan

    शेयर कर्जा लिन उत्साहित

    काठमाडौँ बाहिरका जिल्लामा पनि शेयर कर्जा लिन लगानीकर्ता उत्साहित देखिएका छन् । काठमाडौँमा मात्रै केही बैंकले शेयर कर्जा दिने घो ...

yummyfood