काठमाडौं – भूकम्प पिडितहरुले बन्दै गरेको घर धितो राखेर तीनलाख रुपैयाँ निब्र्याजी ऋण पाउने भएका छ्न । मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले भूकम्प पिडितहरुको घर निर्माणका लागि सामुहिक जमानीमा ऋण उपलव्ध गराउने कार्यविधि २०७४ लाई संशोधन गर्दै बन्दै गरेको घर धितो राखेर पनि निब्र्याजी ऋण पाइने व्यवस्था लागू गरेको हो । 

punarnimar pradhikar
सामुहिक जमानीमा निब्र्याजी ऋण दिने व्यवस्थालाई कारण देखाएर बैंकहरुले भूकम्प पिडितलाई कर्जा प्रवाह गर्न आनाकानी गरेपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पहलमा सरकारले उक्त कार्यविधिलाई संशोधन गरि बन्दै गरेको घर समेत धितो राखेर निब्र्याजी ऋण दिने नयाँ प्रावधान लागू गरेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. गोविन्दराज पोखरेलले बताए । 

‘सरकारले दिने तीनलाख रुपैयाँ अनुदानले घर बनाउन समस्या भएका लाभग्राहीलाई निब्र्याजी ऋणले ठुलो सहयोग पुग्ने बिश्वास छ, सिइओ पोखरेलले भने, ‘हामीले इजाजत प्राप्त सवै बैंकहरुबाट निब्र्याजी कर्जा प्रवाहलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई समेत भनिसकेका छौं, आशा छ पछिल्लो व्यवस्थाले निजी आवास पुनर्निर्माणलाई थप गति दिनेछ ।’ 


संशोधित कार्यविधि अनुसार अवदेखि इजाजत प्राप्त क, ख, ग र घ बर्षका बैंक तथा वित्तिय संस्थाहरुले सामुहिक जमानी वा बन्दै गरेको घर धितो राखेर लाभग्राही सुचिमा परेका भूकम्प पिडितहरुलाई अधिकतम तीन लाख रुपैया बिना व्याज ऋण दिनुपर्नेछ । 


बैंक तथा वित्तिय संस्थाहरुको संचालन लागतमा दुई प्रतिशत बिन्दु थप गरी व्याजदर कायम गरिनेछ । यस्तो व्याज रकम, बीमा वा सुरक्षण शुल्क बंैक तथा बित्तीय संस्थाबाट माग भई आएमा नेपाल राष्ट्र बैंक, बैकिंग कार्यालयले त्रैमासिक रुपमा उक्त कोष खर्च गरि सम्बन्धित बैंक वा बित्तीय संस्थाहरुलाई उपलव्ध गराउने प्राधिकरणका प्रवक्ता यमलाल भूसालले जानकारी दिए । ।

 
निब्र्याजी रुपमा प्रदान गरि उक्त कर्जाको भुक्तानी लाभग्राहीले बढीमा ५ बर्षसम्ममा तिरिसक्नु पर्नेछ ।  यस्तो ऋण उपलव्ध गराउने सम्बन्धमा जानकारी एवं गुनासो सुन्नका लागि सम्बन्धित बैंक वा वित्तिय संस्थाले छुट्टै सम्पर्क अधिकृत तोक्नुपर्नेछ ।


निब्र्याजी ऋण नपाएर पनि १ लाख ३० हजार बढी लाभग्राहीले घर पुनर्निर्माण गरिरहेका छन भने ५० हजार २ सय ५१ घर निर्माण सम्पन्न भइसकेको तथ्याङ्क प्राधिकरणको सुचना प्रणालीमा समाविष्ट भइसकेको छ । हाल दशैंका कारण निर्माण सम्पन्न भइसकेका र निर्माधिन घरको  थप संख्या सुचना प्रणालीमा समाविष्ट हुन नसकेको प्राधिकरणका सूचना अधिकारी मनोहर प्रसाद घिमिरेले बताए ।  

घर बनाउँदै गरेका भूकम्पपिडितले अग्रिम रुपमै तेस्रो किस्ता पाउने 


दोस्रा किस्ताका लागि योग्य लाभग्राहीहरुले गाउँपालिका÷ नगरपालिकाको सिफारिसमा अग्रिम रुपमा तेस्रो किस्ता पाउने भएका छन् । 
स्थानीय तहको जिम्मामा लाभग्राहीले पाँच महिनाभित्र घर सम्पन्न गर्ने सर्तमा तेस्रो किस्ता आवास अनुदान अग्रिम रुपमा पाउने भएका हुन् ।
निजी आवास निर्माणमा लाभग्राहीलाई अग्रिम रुपमा तेस्रो किस्ताको रकम उपलब्ध होस् भनी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको प्रस्तावलाई अर्थ मन्त्रालयले स्वीकृति दिएको हो । 


प्राधिकरणको प्रस्तावलाई अर्थ मन्त्रालयले सहमति दिएसँगै यो प्रक्रिया अघि बढेको प्राधिकरणका प्रवक्ता यमलाल भूसालले बताए । पछिल्लो व्यवस्थाले निजी आवास पुनर्निर्माणका लागि ठुलो सहयोग पुर्याउने प्राधिकरणको विश्वास छ । 
यो व्यवस्थापछि अब घरको जग उठाएर दोस्रो किस्ता लिन योग्य भएका घरधनीले दोस्रो किस्ताबापतको डेढ लाख र तेस्रो किस्तावापतको एक लाख गरी एकैपटक अढाइ लाख पाउनेछन् । 


यो व्यवस्थापछि निजी आवास निर्माण गर्न चाहने घरधनीले जग उठाइसकेपछि एकमुष्ठ रकम प्राप्त गरी घर निर्माण सम्पन्न गर्न सक्नेछन् ।  

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...