1478958692 banner ad format

 
 

लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–५ मा पानी बहावका लागि निर्माणाधीन नाला भत्किएको छ । 

East West highway Construction creek min

जिल्ला समन्वय समिति सिरहाले उपभोक्ता समितिमार्फत निर्माण गर्न लागेको करीब रु ३४ लाखको लागतमा निर्माणाधीन १७५ मि उक्त नाला ठाउँ ठाउँमा भत्किएको छ । नाला निर्माणमा कमसल तथा गुणस्तरहीन सामग्रीको प्रयोग भएकाले वर्षाको पानीले नालालाई भत्काएको स्थानीयवासीले आरोप लगाएका छन् । 

उपभोक्ता समितिका सचिव दिनेश साहले भत्किएको नाला पुनःनिर्माणका लागि जिसससँग छलफल गरिने बताए । उपभोक्ता समितिसँग बाँकी रहेको केही रकमबाट भत्किएको स्थानमा नाला निर्माण गर्ने विषयमा छलफल गरिने बताइएको छ । 

यस्तै सिरहाको मिर्चैया थाना चोकदेखि बजार जाने बाटामा निर्माणाधीन नालासमेत सञ्चालन नहुँदै भत्किएको छ । मिर्चैया नगरपालिकाले शक्ति निर्माण कन्स्ट्रक्सनमार्फत करीब रु ३९ लाखको लागतमा करीब ४०० मिको सो नाला बनाउन लागेकामा निर्माण कम्पनीको हेलचेक्र्याइँ र लापरबाहीका कारण नाला भत्किएको स्थानीयवासीले आरोप लगाएका छन् । 

नगरपालिकासँग भएको सम्झौतानुसार ठेकेदारले काम नगरेकाले नबन्दै नाला भत्किएकाले त्यसको छानबिन गरी दोषीमाथि कारबाही गर्नसमेत स्थानीयवासीले माग गरेका छन् । 

मिर्चैया नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र कार्कीले पानीको भार थेग्न नसकेर नाला भत्किएको बताउँदै भत्किएको स्थानमा पुनःमर्मत गरिने बताए ।

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Nepse News market decreased by double digit

    धितोपत्र बजार दोहोरो अंकले घट्यो

    धितोपत्र बजार आज दोहोरो अंकले ओरालो लागेको छ । बाढी पहिरोका कारण मुलुक प्रभावित भएपछि बजार पनि प्रभावित भएको हो । नेपाल स्टक एक ...

  • Kantipathnews Nepal Share Market News Stock trading

    शेयर कारोबार ओरालो लाग्यो

    धितोपत्र बजारमा आज शेयर कारोबार ओरालो लागेको छ । नेपाल स्टक एक्चेञ्ज लिमिटेडका अनुसार आज बजार ८.१९ बिन्दुले ओरालो लागेर एक हजार ...

  • Kantipathnews Nepse News Share on Nepse

    नेप्सेमा २ कम्पनीको शेयर सुचिकृत

    आज बिहिबार नेपाल स्टक एक्चेन्ज नेप्सेमा २ कम्पनीको शेयर सुचिकृत भएका छन् । आज नेप्सेमा जनता बैंक नेपाल लिमिटेड र जनउत्थान सामुदायि ...

yummyfood