1478958692 banner ad format

 
 

नवलपरासी । गत शुक्रबारदेखि नै पटक पटक अवरुद्ध हुँदै आएको पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड गएरातिदेखि पुनः अवरुद्ध भएको छ । 

Daaunne nawalparasi min

दाउन्ने सडकखण्डको बीच भागमा मिनीबस फसेका कारण राति २ बजेदेखि सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय, नवलपरासीले जनाएको छ । 

गएरातिबाटै अवरुद्ध सडक सञ्चालन गर्न पहल भइरहेको छ । तर हिलाम्य सडक भएका कारण फसेको मिनीबस निकाल्न नसक्दा सडक सञ्चालन हुन सकेको छैन । 

गत शुक्रबारदेखि नै बाढी पहिरोका साथै सडक भत्किनेलगायत विभिन्न कारणले शुक्रबारदेखि हालसम्म पटक पटक सो राजमार्ग अवरुद्ध हुँदै आएको हो । अझै पनि सामान्य वर्षा भयो भने दाउन्ने क्षेत्रमा पहिरो जाने खतरा कायमै रहेको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood