1478958692 banner ad format

 
 

गोरखा । गोरखाको अजिरकोट गाउँपालिका–१ घ्याच्चोकस्थित धनसिरा गाउँ जाने सडक खन्ने क्रममा पहाडको ढिस्को खसेर पुरिएका स्काभेटर चालक धादिङ स्याबुङ–६ का ३६ वर्षीय तेन्जिङ तामाङको सकुशल उद्धार गरिएको छ । 

Excavator driver rescued gorkha min

बिहीबार अपराह्न सडक खन्ने क्रममा अकस्मात पहिरो खसेपछि स्काभेटरसहित चालक तामाङ पहिरोमा पुरिएका थिए । धनसिरा माध्यमिक विद्यालय मतदानस्थलमा खटिएका मतदान अधिकृत उज्ज्वल गिरी, प्रहरी निरीक्षक नेत्रप्रसाद भट्ट, सशस्त्र प्रहरी र स्थानीयवासीले चालक तामाङलाई उद्धार गरेका हुन् । 

“पहिरोले आधा शरीर पुरिएका चालक तामाङलाई हामीले सकुशल उद्धार ग¥यौँ”, मतदान अधिकृत गिरीले भने, “गोडा, घुँडालगायत ठाउँमा चोट लागेका तामाङलाई मतदानस्थलमै प्राथमिक उपचार गरिएको छ ।” 

चालक तामाङको अवस्था सामान्य रहेको गिरीले बताए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले पहिरोले पुरिएर सामान्य घाइते भएका चालक तामाङको सकुशल उद्धार गरिएको जानकारी दिए । 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

  • Kantipathnews News Of Nepal Kavreplanchok Share loan

    शेयर कर्जा लिन उत्साहित

    काठमाडौँ बाहिरका जिल्लामा पनि शेयर कर्जा लिन लगानीकर्ता उत्साहित देखिएका छन् । काठमाडौँमा मात्रै केही बैंकले शेयर कर्जा दिने घो ...

  • kantipathnews Nepal Share Market News Market businesses

    धितोपत्र बजार : तीन अर्ब बढीको कारोबार

    धितोपत्र बजारमा यस साता रु तीन अर्ब ६१ करोड ५७ लाख १७ हजार मूल्यबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार कुल १ ...

yummyfood