Hidden
गौमुल गाउँपालिका पूर्ण साक्षर गाउँपालिका बन्यो
उत्तम कुमार थापा : बाजुरा विकट जिल्ला भनेर चिनिने गौमुल गाउँपालिकाका पूर्ण साक्षर गाउँपालिका बनेको छ । सयौँ वर्ष देखि गाउँपालिका भित्र रहेका लेखपढ गर्न नजाने महिला बृद्धबृद्धाहरुलाई गाउँपालिकाले विभिन्न माध्यम बाट सहज बनाउँदै विभिन्न खाले कार्यक्रम गरेरै अगाढी बढेको छ ।
विगत लामो समय देखी प्रयत्नले आज सफल भएको गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाको भनाई रहेको थियो । कार्यक्रममा बोल्दै रोकायाले भने सबै गाउँपालिका बासीहरूले हातेमालो गरेर अगाढी बढ्न सबै स्थानियवासीलाई आग्रह गरेकाे छ ।
गौमुल गाउँपालिकाको दिगो विकास र समाज रूपान्तर बारे बोल्दै गाउँपालिका उप-अध्यक्षय सिता थापाले भने, सबै जनसमुदायको साथ सहयोग सबै भन्दा विद्यार्थी भाईबैनिको सहयोगले पनि आज गाउँपालिका पूर्ण साक्षरे हुन पुगेको बताए ।
उनले भने हाम्रो गाउँपालिका विकट भनेर हेलाहालीएको थियो, आज हामी हाम्रो जनसमुदाय निकै खुसी देखिएको बताउनु भएको हो ।
विकास पनि स्थानीय सरकारले राम्रै गरेको उनको भनाई रहेको थियो । विकास बारे बोल्दै थापाले गाउँपालिका भित्रका दुर्गम बस्तीहरूमा खाने पानी देखी लिएर सडक सञ्जाल जोडिएको बताउँदै पर्यटक बारेपनी आफूहरू सबै जनप्रतिनिधि लागी परेको बताउनुभएको हो ।
पूर्ण साक्षरे गाउँपालिका कार्यक्रममा गाउँपालिका अध्यक्ष हरि रोकायाको अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि उपअध्यक्ष सिता थापा रहनुभएको थियो । जसमा गाउँपालिका बासिएको उल्यख्यनीय उपस्थिति रहेको थियो ।
प्रकासित मिति