कैलाली । घोडाघोडी नगरपालिकाले सातौँ नगर सभा तथा आगामी आर्थिक वर्ष २०७६ / ०७७ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले मङ्गलवार सुरु भएको सातौँ नगर सभा तथा बजेट अधिवेशनमा नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख चौधरीले नगर यातायात गुरुयोजना तयार भएको हुँदा आगामी आर्थिक वर्षबाट नगर यातायात गुरुयोजना लागू गरिने बताए । नगर क्षेत्रमा सडक सञ्जाल बिस्तार गर्दै सडक कालो पत्रे कार्यलाई उच्च प्राथमिकतामा राखिने , सहरी विकास गर्दै लगिने ,नगरलाई स्मार्ट सिटी बनाउन आवश्यक कार्यक्रमहरू गरिने नगरपालिकाको नीति तथा कार्यक्रम रहेको नगर प्रमुख चौधरीले बताए ।

युवाहरूलाई कृषि तर्फ आकर्षित गर्न युवा लक्षित कार्यक्रम गर्ने, घोडाघोडी तालक्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने , नगर भित्र रहेका साना तथा मझौला उद्योगलाई उत्पादन मुलुक र रोजगार मूलक बनाउने , शैक्षिक विकासकालागि नगर शिक्षा योजना निर्माण गर्ने नीति तथा कार्यक्रम घोडाघोडी नगरपालिकाको योजना रहेको छ ।

dhangadi kantipathnews


यसै गरी नगरपालिकामा जनताका कुराहरू सुन्नको लागि “जनता सँग नगर प्रमुख” कार्यक्रम सञ्चालन गरिने ,अपाङ्ग मैत्री नगरपालिकाका लागि अडियो नोटिस तथा साइन बोर्डको प्रयोग गरिने , उपयुक्त ठाउँ स्थल छनोट गरी बसपार्क निर्माण गरिने , घोडाघोडी मन्दिरको दिगो व्यवस्थापन गरिने , नगरपालिकालाई यसै वर्ष भित्र साक्षर घोषणा गर्ने ,एम्बुलेन्स सेवा उपलब्ध गराइने , आगामी ५ वर्ष भित्र यस नगरपालिकामा १५ सहिया क्षमताको अस्पताल सेवा उपलब्ध गराउने, गर्भवती महिलालाई स्वास्थ्य केन्द्र सम्म लैजान निःशुल्क यातायातको व्यवस्था मिलाउने, नगरका मुख्य बजार र वडाका प्रमुख व्यापारिक चोकहरूमा फ्री वाइफाइ बिस्तार गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।


यसै बिच नगर सभामा घोडाघोडी नगरपालिका कि उप प्रमुख प्रेम कुमारी थापाले आगामी आर्थिक वर्ष २०७६ / ०७७ को ७४ करोड ५९ लाख ६ हजार बराबरको बजेट सार्वजनिक गरेकी थिइन् ।


समानिकरण राजश्व बाँडफाँड तर्फको कुल जम्मा बजेट ४८ करोड २७ लाख ६ हजार र शसत तर्फको जम्मा २६ करोड ३२ लाख गरी कुल ७४ करोड ५९ लाख ६ हजार रुपैयाँको रकम विनियोजन गरिएको उप प्रमुख थापाले सभामा जानकारी गराइन ।


घोडाघोडी नगरपालिकाको आय स्रोतमा आन्तरिक आय ४ करोड ७८ लाख ५ हजार रुपैयाँ रहेको छ । यसै गरी, राजस्व बाँडफाँड १७ करोड ६२ लाख ८६ हजार रुपैयाँ , वित्तीय समानीकरण अनुदान अन्तरगत सङ्घीय सरकारबाट १९ करोड ५ लाख र प्रदेश सरकारबाट ८१ लाख १५ हजार गरी १९ करोड ८६ लाख १५ हजार रुपैयाँ , सशर्त अनुदान २६ करोड ३२ लाख रुपैयाँ रहेको छ भने गत वर्षको नगद मौज्दात ६ करोड रुपैयाँ पनि आयको स्रोत रहेको उपप्रमुख थापाले जानकारी दिइन् ।


कार्यक्रममा कैलाली क्षेत्र नं ३ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद गौरीशङ्कर चौधरीले विशेष सम्बोधन गरेका थिए भने घोडाघोडी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंहले घोडाघोडी नगरपालिकाको आर्थिक विधेयकको बारेमा जानकारी दिएका थिए ।याे समाचार हिमालपाेष्टमा विशाल पाण्डेयले लेखेका छन् ।

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर