e kantipath

सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को बजेटमा सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहका लागि १२ अर्ब ५० करोड ३० लाख रुपैयाँ विनियोजन गरेको छ ।

गत साता अर्थमन्त्री डा। युवराज खतिवडाले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेश गरेको बजेटमा उक्त कुरा उल्लेख छ । सरकारले स्थानीय तहका लागि छुट्याएको बजेटमा ‘वित्तीय समानीकरण अनुदान’ र ‘शसर्त अनुदान’ समावेश छन् ।

शसर्त अनुदानलाई स्थानीय तहले तोकिएकै शीर्षकमा खर्च गर्नुपर्ने छ भने वित्तीय समानीकरण अनुदानलाई स्थानीय तहले छुट्टै बजेट, नीति तथा कार्यक्रम बनाएर खर्च गर्न सक्नेछ । सरकारले सदूरपश्चिममा सबैभन्दा बढी कैलालीका १३ स्थानीय तहमा ४ अर्ब ७० करोड ७३ लाख हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

धनगढी उपमहानगरपालिकामा ७३ करोड रुपैयाँ बजेट रहेको छ भने ६ नगरपालिकामा २ अर्ब ४२ करोड ५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

कैलालीका ६ गाउँपालिकामा १ अर्ब ५४ करोड ८ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । कञ्चनपुरका ९ स्थानीय तहमा २ अर्ब ७४ करोड ५३ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

कञ्चनपुरका ७ वटा नगरपालिकामा २ अर्ब ४० करोड ४ लाख रुपैयाँ र २ वटा गाउँपालिकामा ३४ करोड ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ । डोटीका ९ वटा स्थानीय तहमा २ अर्ब २३ करोड १६ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

जसमध्ये डोटीका २ नगरपालिकामा ६४ करोड ९१ लाख रुपैयाँ र ७ वटा गाउँपालिकामा १ अर्ब ५८ करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

अछामका १० वटा स्थानीय तहमा २ अर्ब ७६ करोड ४३ लाख रुपैयाँ बजेट छुट्याइएको छ । जसमध्ये ४ वटा नगरपालिकामा १ अर्ब ३२ करोड ९ लाख रुपैयाँ र ६ वटा गाउँपालिकामा १ अर्ब ४४ करोड ३४ लाख रुपैयाँ बजेट विनियोजन भएको जनाइएको छ । यसैगरी, सरकारले बाजुराका ९ वटा स्थानीय तहमा १ अर्ब ९५ करोड ४ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

बाजुराका ४ नगरपालिकामा १ अर्ब १४ लाख रुपैयाँ र ५ गाउँपालिकामा ९४ करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । बझाङका १२ वटा स्थानीय तहमा २ अर्ब ९६ करोड ४६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

जसमा बझाङका २ नगपालिकामा ७२ करोड ३० लाख रुपैयाँ र १० वटा गाउँपालिकाका लागि २ अर्ब २४ करोड १६ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

दार्चुलाका ९ वटा स्थानीय तहमा २ अर्ब २१ करोड ७२ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । जसमध्ये २ वटा नगरपालिकाका लागि ६६ करोड २४ लाख रुपैयाँ र ७ वटा गाउँपालिकाका लागि १ अर्ब ५५ करोड ४८ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

बैतडीका १० स्थानीय तहका लागि २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ छुट्याएको छ । बैतडीका ४ वटा नगरपालिकामा १ अर्ब ४० करोड ९० लाख रुपैयाँ र ६ वटा गाउँपालिकाका लागि १ अर्ब ४ करोड ९६ लाख रुपैयाँ बजेट विनियोजन भएको अर्थमन्त्रालयको वेवसाइटमा राखिएको विवरणमा उल्लेख छ ।

डडेल्धुराका ७ वटा स्थानीय तहमा १ अर्ब ७३ करोड ६२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । डडेल्धुराका २ नगरपालिकाका लागि ५९ करोड १३ लाख रुपैयाँ छुट्याइएको छ भने ५ गाउँपालिकाका लागि १ अर्ब १४ करोड ४९ लाख रुपैयाँ बजेट छुट्याइएको छ । – सुदुर डेलीबाट 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...