1478958692 banner ad format

 
 

गुल्मी (तम्घास) । अबिरल वर्षाका कारण गुल्मीको रिडी–रुद्रवेणी–वामी टक्सार सडक खण्ड गएरातिदेखि अवरुद्ध बनेको छ । 

GULMI Ridi road

उक्त सडकखण्ड अन्तर्गत सत्यवती गाउँपालिकाको उर्लीखोला, डहरे, बादरे भीर र मुसिकोट नगरपालिका अन्तरगत लौरेसिमल नजिकै पहिरो खसेका कारण सडक अवरुद्ध बनेको हो । 

जिल्लामा सबैभन्दा बढी सवारी साधन सञ्चालन हुँदै आएको अति व्यस्त उक्त सडक खण्ड अवरुद्ध बनेपछि त्यस क्षेत्रबाट पाल्पा, बुटवल र काठमाडाँैसम्म छुट्ने सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् भने टुटेका कतिपय सवारी साधन बीच बाटोमै अलपत्र परेका छन् । 

पानी परिरहेको र सडकमाथिबाट पहिरो र ठूलाठूला ढुङ्गा खसिरहेका कारण पहिरो पन्छाउन समस्या भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रेम श्रेष्ठले बताए । 

त्यसैगरी पहिरो गएका कारण गएरातिदेखि गुल्मीको इन्द्रेगाँैंडा –रातडाँडा सडकखण्ड पनि अवरुद्ध बनेको छ । सडक अवरुद्ध बनेपछि त्यस क्षेत्रबाट सदरमुकाम तम्घास आउने यात्रु पनि अलपत्र परेका छन् । 

अबिरल वर्षाका कारण बडीघाट खोलामा समेत ठूलो बाढी आएको छ । बाढीका कारण खोला छेउका स्थानीय बासिन्दा त्रस्त छन् । वर्षाले गुल्मीकै क्षेत्र नं– ३ अन्तर्गतका एक दर्जन भन्दाबढी ग्रामीण सडक समेत अवरुद्ध भएका छन् । 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

  • Kantipathnews News Of Nepal Kavreplanchok Share loan

    शेयर कर्जा लिन उत्साहित

    काठमाडौँ बाहिरका जिल्लामा पनि शेयर कर्जा लिन लगानीकर्ता उत्साहित देखिएका छन् । काठमाडौँमा मात्रै केही बैंकले शेयर कर्जा दिने घो ...

  • kantipathnews Nepal Share Market News Market businesses

    धितोपत्र बजार : तीन अर्ब बढीको कारोबार

    धितोपत्र बजारमा यस साता रु तीन अर्ब ६१ करोड ५७ लाख १७ हजार मूल्यबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार कुल १ ...

yummyfood