1478958692 banner ad format

 
 

चरिकोट- दोलखाका पाँच स्थानमा निर्माणाधीन स्वास्थ्य चौकीे भवन अलपत्र भएको छ। 

Health checkpoints

ठेकेदारले समयसीमामा भवन निर्माण नगर्दा र बनेका भवन पनि समयमै हस्तान्तरण नगर्दा अलपत्र परेको हो । दोलखामा रहेका विभिन्न स्वास्थ्य चौकीका भवन निर्माण व्यवसायीले निर्माण गरी बुझाउनुपर्ने समय सकिए पनि विभिन्न बहाना देखाउँदै अलपत्र अवस्थामा राखेका हुन् । भवन निर्माणको समय सकिए पनि व्यवसायीले भवन निर्माण अलपत्र बनाउँदा ग्रामीण भेगका जनता त्यसको मारमा परेका छन्। 

प्राविधिकले अनुमान गरेको भन्दा न्यून मूल्यका ठेक्का हाल्ने र पछि बहाना बनाएर ठेक्का छोड्ने प्रवृत्ति बनेकाले पनि ठेकेदारले भवन बनाउन नसकेको हुन सक्ने स्थानीयवासीको भनाइ छ। 

दोलखाको कालिञ्चोक गाउँपालिकामा रहेको कालिञ्चोक स्वास्थ्य चौकी भवन पाँच वर्ष बित्दासमेत ठेकेदार कम्पनीले अझै पूरा गरेको छैन । विसं २०६९ मंसिरमा सम्पन्न गर्ने गरी कोशी एण्ड न्यौपाने बिएन जेबिले रु एक करोड दुई लाखमा सो भवनको ठेक्का लिएको थियो। 

हालसम्म भूकम्पको कारण देखाएर सो कम्पनीले भवन हस्तान्तरण छैन । त्यसैगरी गौरीशंकर गाउँपालिकामा रहेको जुँगु स्वास्थ्य चौकी पनि समय सकिएको दुई वर्ष भइसकेको छ। 

विसं २०७२ माघमा कबोल बमोजिम भवन हस्तान्तरण गर्नुपर्ने भए पनि हालसम्म सो कम्पनीले भवन हस्तान्तरण गरेको छैन । रु एक करोड ९५ लाखको लागतमा सम्पन्न गर्ने गरी सुवर्ण सुन्दर माई जेबीले सो भवन निर्माणको ठेक्का लिएको थियो। 

त्यसैगरी मेलुङ गाउँपालिकामा रहेको मेलुङ स्वास्थ्य चौकी निर्माण गरेर बझाउनुपर्ने समय तीन वर्ष बित्दासमेत भवनको हस्तान्तरण गरिएको छैन। 

त्यसैगरी बिगु गाउँपालिकामा रहेको लादुक स्वास्थ्य चौकी भवन समय सकिएको चार वर्ष बित्दासमेत निर्माण भइसकेको छैन । विसं २०७० फागुनमा पूरा गर्ने गरी रु एक करोड पाँच लाखको लागतमा सो भवन निर्माणको ठेक्का दाप्चाबारा जेबीले लिएको थियो । 
कालिञ्चोक गाउँपालिका रहेको सुन्द्रावती स्वास्थ्य चौकीको भवन पनि अलपत्र छ । विसं २०७२ चैतमा सक्ने गरी कन्काई इन्टरनेसनलले रु एक करोड ९२ लाखमा निर्माण गर्ने गरी ठेक्का सम्झौता गरेको भए पनि हालसम्म सो स्वास्थ्य चौकीको भवन हस्तान्तरण हुन सकेको छैन। 

शहरी डिभिजन कार्यालय दोलखा शाखाका प्रमुख एकराज अधिकारीले निर्माण व्यवसायीलाई पटक–पटक ताकेता गर्दासमेत अटेर गरेको बताए। अटेर गरेर बस्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने प्रक्रिया शुरु गरिएको पनि अधिकारीले जानकारी दिए।
‘हामीले पटक–पटक निर्माण व्यवसायीलाई काम पूरा गर्न ताकेता गरेका छौँ, तर निर्माण व्यवसायीले अटेर गरेर बसेका छन्, छिट्टै कालोसूचीको प्रक्रिया थाल्छौँ’ – उनले भने।

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

  • Kantipathnews News Of Nepal Kavreplanchok Share loan

    शेयर कर्जा लिन उत्साहित

    काठमाडौँ बाहिरका जिल्लामा पनि शेयर कर्जा लिन लगानीकर्ता उत्साहित देखिएका छन् । काठमाडौँमा मात्रै केही बैंकले शेयर कर्जा दिने घो ...

  • kantipathnews Nepal Share Market News Market businesses

    धितोपत्र बजार : तीन अर्ब बढीको कारोबार

    धितोपत्र बजारमा यस साता रु तीन अर्ब ६१ करोड ५७ लाख १७ हजार मूल्यबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार कुल १ ...

yummyfood