हेटौंडा - डिभिजन सडक कार्यालय हेटौैंडाले राजमार्ग आसपासको २५ मिटर क्षेत्र विस्तारको अभियानले पुनः निरन्तरता पाउने जानकारी दिएको छ ।

Hetauda Bazaar min

११ दिन अघि मकवानपुरको लोथर र बाराको अमलेखगञ्जबाट राजमार्ग आसपासको २५ मिटर क्षेत्रमा पर्ने घर टहरा भत्काउने अभियान सुरु गरिएको थियो । तर उक्त अभियान फेरि रोकिएको छ । बर्षाको समय भएको र मेसिनहरु बाटो मर्मत एवम् बाटो खुलाउने काममा प्रयोग भैरहेकोले अहिलेलाई विस्तारको अभियान रोकिएको सडक कार्यालयले जनाएको छ ।

‘लोथर एरिया करिब ‘क्लियर’ भैसकेको छ’, सडक कार्यालयका सूचना अधिकारी इञ्जीनियर जयराम अधिकारीले भने, ‘अमलेखगञ्ज क्षेत्रमा पनि धेरै संरचना हटाइसक्यो । यो अभियानले क्रमश ः निरन्तरता पाउने नै छ ।’ दुई तीन दिनभित्रमा सडक विस्तारको अभियानले फेरि निरन्तरता पाउने उनले बताए ।

सडक विस्तारको लागि डिभिजन सडकले पटक पटक सूचना जारी गर्ने गरेको छ । तर मुआब्जा विवादका कारण विशेषगरी हेटौंडा बजार क्षेत्रमा सडक विस्तारको काम विवादित बनिरहेको छ । मकवानपुर उद्योग वाणिज्य संघले मुआब्जा विना राजमार्ग आसपासको १६ मिटर भत्काउन अनुरोध गर्दै आएको छ ।

तेस्तै मकवानपुरमा गत बर्ष भन्दा सवारी दुर्घटना बढेको छ । आर्थिक बर्ष २०७५÷०७६मा मकवानपुरमा एक सय ८ वटा सवारी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्कमा छ ।

आव ०७४÷०७५ मा ६८ वटा सवारी दुर्घटना भएको थियो । गत बर्षको तुलनामा सवारी दुर्घटना बढे पनि मृत्यु हुनेको संख्या भने घटेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख हरी बिष्णु ढकालले बताए । आर्थिक बर्ष ०७४÷०७५ मा सवारी दुर्घटनामा परी ५८ जनाको ज्यान गएको थियो भने गत आर्थिक बर्षमा ५३ जनाको मृत्यु भएको ढकालले बताए । ठूला प्रकृतिका दुर्घटनामा कमी आइ मृत्यु हुनेको संख्या घटेको ढकालले दावी गरे ।

गत आर्थिक बर्षमा मकवानपुरमा दुर्घटनामा ९२ जना गम्भीर घाइते तथा ४२ जना साधारण घाइते भएका थिए भने दुर्घटनाको कारण ६० वटा सवारीमा क्षती पुगेको ढकालले बताए । यस्तै सबै भन्दा बढी मोटरसाइकल ६९ वटा, ३४ वटा ट्रक ट्याक्टर र १६ वटा बस दुर्घटनामा भएका थिए ।

बढ्दै गएको सवारी साधन र जनसंख्या, साँघुरो सडकको कारण दुर्घटना बढेको ढकालले बताए । आफू ट्राफिक प्रमुखको रुपमा आइसके पछि अब भने सडक सचेतताका कामहरुलाइ प्राथमिकतामा राख्ने उनको भनाइ छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...