1478958692 banner ad format

 
 

कैलाली। धनगढी–सत्ती हुलाकी राजमार्गअन्तर्गत पर्ने वसन्ता वन क्षेत्रका रुख कटानीमा अझै अन्यौल देखिएको छ । 

Hulaki sadak

केही समय अगाडि जिल्ला वन कार्यालयले वसन्ता वन क्षेत्रमा निर्माण हुन बाँकी १८ किलोमिटर क्षेत्रमा पर्ने रुख कटानीका लागि सहमति जनाएको थियो । सहमतिपछि १६ किलोमिटर क्षेत्रको भने रुख कटानी गरिएको थियो । 
बाँकी दुई किलोमिटर क्षेत्रमा रुख कटानीबारे विवाद देखिएको निर्माणाधीन हुलाकी राजमार्ग आयोजनाका योजना प्रमुख तुरुन्त मण्डलले जानकारी दिए । 

सर्भे गरेकोभन्दा बढी रुख काट्नुपर्ने देखिएकाले अन्यौल बढेको उनको  भनाइ छ । वसन्ता जैविक मार्गको अस्तित्व सङ्कटमा पर्ने कारण देखाउँदै वन कार्यालयले हुलाकी सडकको नक्साङ्कन परिवर्तनको अडान लिएपछि विवाद थप चुलिएको छ । 

दुई किलोमिटर क्षेत्रमा रुख कटानीका लागि फेरि वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने देखिएको छ । उक्त हुलाकी राजमार्गको गत मङ्सिरमै उद्घाटन गरिएको थियो । 

प्रकासित मिति

Loading...

 

yummyfood